Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा तापक्रम घट्दै, मेघगर्जनसहित पानी पर्ने सम्भावना

कुवेतमा तापक्रम घट्दै, मेघगर्जनसहित पानी पर्ने सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०८३ बुधवार • १६:२३:०० बजे
  • 442
    SHARES
  • कुवेतमा तापक्रम घट्दै, मेघगर्जनसहित पानी पर्ने सम्भावना

    कुवेत - कुवेत मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि देशमा तापक्रम घट्ने र हल्का छिटफुट वर्षाका साथै आइतबार मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ।

    images

    मौसम विभागका कार्यवाहक निर्देशक धिरार अल-अलिलेका अनुसार मौसम सम्बन्धी नक्सा र गणितीय मोडेलहरूले देशमा 'इन्डियन मन्सुन लो' अर्थात् भारतीय मनसुनी न्यून चापीय प्रणालीको प्रभाव रहने देखाएका छन्। यसका साथमा तातो र ओसिलो वायुको द्रव्यमान (एयर मास) कुवेत क्षेत्रमा भित्रिने अनुमान गरिएको छ।
    अल-अलिलेले अधिकतम तापक्रममा तुलनात्मक गिरावट आउने र यो ४० देखि ४३ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान गरेका छन्। त्यसैगरी न्यूनतम तापक्रम अधिकांश क्षेत्रमा २४ देखि २७ डिग्रीको बीचमा रहनेछ।

    हावाको दिशा परिवर्तनशीलदेखि दक्षिण-पूर्वी रहने र यसको गति हल्कादेखि मध्यम हुने उनले बताए। तर कहिलेकाहीँ हावा तीव्र भई समुद्री छालहरू छ फिटभन्दा माथि उठ्न सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ।

    मौसम सामान्यतया तातो र अपेक्षाकृत ओसिलो (ह्युमिड) रहनेछ। विशेष गरी दिउँसोको समयमा तटीय क्षेत्रहरूमा आर्द्रताको प्रभाव बढी देखिने अनुमान छ, भने राति तापक्रम न्यानोदेखि मध्यम स्तरमा रहनेछ।

    त्यसैगरी शनिबार साँझदेखि कुहिरो लाग्न सक्ने र यो आइतबार बिहानसम्म कायम रहन सक्ने पूर्वानुमान गरिएको छ।

    मौसममा आउने यस परिवर्तनका बीच समुद्री छाल उच्च हुन सक्ने र कुहिरोले दृश्यता घटाउन सक्ने भएकाले समुद्री गतिविधि र सडक यात्रामा सावधानी अपनाउन मौसम विभागले सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology