आश्विन २९, २०७७ बिहिवार
•
०८:३९:४४ बजे
ओमान/ अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलाको सम्पूर्ण तयारी पुरा भएको बुधबार ग्लोबल नेप्लिज न्युज नेटवर्क (जिएनएनएन) ले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले जानकारी दिए।
राष्ट्रिय समन्वय परिषद् कतार दोहाबाट आयोजना हुन लागेको भर्चुअल भेलामार्फत मध्यपूर्वमा रहेका नेपालीहरुको ज्ञानसीपलाई नेपालले भरपुर सदुपयोग गर्न सोही अनुरुपको खाका बनाएर सरकारलाई झकझक्याउनु पर्ने सुझाव दिएका छन । दुई दिनसम्म चल्ने उक्त क्षेत्रीय भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव साथै एनआरएनएका पदाधिकारीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सचिव आरके शर्माले मध्यपूर्वका नेपालीहरुमा समस्या होइन संभावना , ज्ञान, सीप पनि रहेकाले सोही अनुरुपको खाका तयार गरिनुपर्ने औंल्याए ।
एनआरएनएका सल्लाहकार टी बी कार्कीले एनआरएनएको उद्देश्य अनुरुप यतिबेला विगतको तुलनामा मुद्दाहरु फेरिएकाले पहिलेका घोषणा गरेका एजेन्डा र कोभिडपछिको अवस्थाका बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने बताए ।
एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले एनआरएनको आगामी कार्यदिशा र स्मार्ट एनआरएनए कस्तो बनाउने भन्ने विषयमा भेलामा ब्यापक छलफल हुनुपर्ने बताए । ‘मध्यपूर्वका देशमा रोजगारीका लागी पुगेका नेपालीहरुलाई विचरा र मध्यम बर्गीय भन्नुभन्दा पनि स्वावलम्वी नेपाली भनेर सम्बोधन गर्नु जरुरी छ’ ‘हाम्रो सीप, पूँजी र वर्गलाई नीति निर्माण तहमा पु-याउन भेलामा घनीभूत छलफल हुनु जरुरी छ ।’
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारेमा ब्यापक बहस हुनुपर्ने बताए । भेलाबाट निस्केको निष्कर्षलाई नेपाल सरकारसँग पुरयाउनु पर्ने र सीप सिकेर नेपाल पुगेकालाई स्वरोजगारको ब्यवस्था गर्न सरकारलाई दबाब दिनुपर्ने उनले बताए ।
एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरिले चोरबाटो भएर खाडी मुलुकमा नेपाली चेलीहरुलाई ल्याउने र घरेलु हिंसा गर्नेक्रमलाई रोक्नेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइन् । कोभिडका कारण रोजगारी गुमाएर स्वदेश पुगेका नेपालीहरुलाई स्वरोजगारको ब्यवस्था गर्न दबाब सिर्जना गर्नुपर्ने गिरीले बताइन् ।
पत्रकार सम्मेलनमार्फत एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङका साथै उप संयोजकद्वय मनोज गोर्खाली तथा राजेन्द्र अर्याल (जोन) ले मध्यपूर्वका नेपालीहरुका समस्या र संभावना, स्वदेश फर्किएका नेपालीहरुले सिकेको सीपलाई सदुपयोग गर्न सोही अनुरुपको खाका भेलाले तयार पार्ने जानकारी दिए उनीहरुले मध्यपुर्बका नेपालीहरुको राज्यले सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा धारणा राख्ने अधिकांश वक्ताहरुले कोभिडको महामारीमा नेपाल सरकारको भूमिका जिम्मेवार नभएको, नेपालीहरुको समयमा उद्धार गर्न सरकार चुकेको र उदासीन बनेको बताएका थिए । यस्ता विषयमा आगामी भेलामा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।
कोभिडका कारण मध्यपूर्वबाट झण्डै एक लाखको हाराहारीमा नेपालीहरु फर्किएकाले उनीहरुको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइएको थियो । कार्यक्रममा धारणा राख्ने अधिकांश वक्ताहरुले कोभिडको महामारीमा नेपाल सरकारको भूमिका जिम्मेवार नभएको, नेपालीहरुको समयमा उद्धार गर्न सरकार चुकेको र उदासीन बनेको बताएका थिए । यस्ता विषयमा आगामी भेलाले गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए । कोभिडका कारण मध्यपूर्वबाट झण्डै एक लाखको हाराहारीमा नेपालीहरु फर्किएकाले उनीहरुको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइएको थियो ।