Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा कोरोनाका गम्भीर बिरामी बढे, कडा खालको भाइरस फैलँदै

नेपालमा कोरोनाका गम्भीर बिरामी बढे, कडा खालको भाइरस फैलँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७७ बिहिवार • ०९:३५:५६ बजे
  • 1.9K
    SHARES
  • नेपालमा कोरोनाका गम्भीर बिरामी बढे, कडा खालको भाइरस फैलँदै
    कोरोना भाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको छ ।
    परीक्षणका क्रममा रहेको यो औषधीको माग नेपालमा बढ्दो छ । तर यसको आपूर्तिको स्थिति अत्यन्त कमजोर बनेको छ । यो औषधि समयमै आयात गर्न सम्बन्धित सरकारी तथा निजी आयातकर्ता असफल देखिएका छन् ।

    औषधि विभागले पहिलो चरणमा डेढ महिना अघि निजी आयातकर्तालाई यो औषधि ६ हजार भायल आयात गर्न अनुमति दिएको थियो । यसको अभाव बढेसँगै गत शनिबार थप ६ हजार भायल आयात गर्न अनुमति दिएको छ । तर, त्यो औषधी नेपाल आइपुग्न अझै केही साता लाग्ने देखिएको छ ।

    निजी कम्पनीले यसअघि आयात गरेको ६ हजार भायलबाहेक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुदानमा प्राप्त गरेको ७ हजार भायल तोकिएका अस्पतालहरुमा वितरण भइसकेको छ । नागिरक दैनिकबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology