Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ग्याँस सिलिण्डर विष्फोट

काठमाण्डौंको नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विष्फोट , ११ जना घाईते

काठमाण्डौंको नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विष्फोट , ११ जना घाईते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७७ बिहिवार • १७:०१:४६ बजे
  • 1.8K
    SHARES
  • काठमाण्डौंको नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विष्फोट  , ११ जना घाईते

    काठमाण्डौंको नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । सिलिण्डर पड्किएर आगलागी हुँदा ११ जना घाईते भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित नीलकुमारी क्षेत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको थियो ।

    नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको प्रहरीले अनुमान गरेको छ । घटनामा घाईते भएकाहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

    उपचाररत रहेका मध्य २ जनाको अवस्था गंभीर रहेको अस्पताल स्रोतले जनाएको छ । ४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत क्षति भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # विष्फोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology