Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकार हाम्रो दक्षतालाई बेवास्थापन होइन,अवसरमा ब्यबस्थापन गरियोस

सरकार हाम्रो दक्षतालाई बेवास्थापन होइन,अवसरमा ब्यबस्थापन गरियोस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७७ बिहिवार • १८:१०:३० बजे
  • 5.2K
    SHARES
  • सरकार हाम्रो दक्षतालाई बेवास्थापन होइन,अवसरमा ब्यबस्थापन गरियोस
    बर्तमान समय र बिश्व नोबल कोरोना भाइरस कोबिड- १९ को महामारिको असर, प्रभाब र बिस्तारले अस्तब्यस्थ बनाएको छ। यो महामारी बाट कुनै पनि देश, सायदै अछुतो हुन सकेको छैन । मानबिय स्वास्थ्य, जीवन र अस्थित्वलाई यसले खुल्ला चुनौती दिएको छ, यसको चुनौतिलाई स्विकार्दै आबश्यक साबधानी, सतर्कता र सचेतता अपनाउदै सामाजिक दुरि कायम गर्दै एकान्ताबास बस्नु सिबाय अर्को बिकल्प तयार भइ सकेको अवस्था छैन ।  बिश्वको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबै क्षेत्रमा यसको नकारात्मक असर र प्रभाबले सवै क्षेत्र चलायमान हुन सकेको छैन, अपाङ्ग जस्तै, बनाएको छ । 

    बिश्वको प्राय सबै जसो उद्योग धन्दा , कलकारखाना, व्यापार ब्याबसाय प्राय बन्दाबन्दिको अवस्थामा छ ।  चलेकाहरु पनि चरम घाटा, नोक्सान ब्योहोर्नु बाध्य छन,  यो अवस्थामा बिशेष गरि सबै भन्दा  चर्को मारमा र समस्यामा परेका छन प्रवासमा रहेका श्रमिक मजदुरहरु यो समस्याले प्रबासी श्रमिक मजदुरहरुलाई भोकमरि र बेरोजगारीको समस्याले सताएको छ । 
    प्रबासमा रहेका नेपाली श्रमिक मजदुरहरुको सम्बन्धमा, हाम्रा पारिबारिक न्युनतम आबश्यकताहरु परिपुर्ती गर्न र सुनौलो भबिष्यको परिकल्पना गर्दै आफ्नो प्यारो जन्म  भुमीमा आफ्नो परिवार, श्रीमति, लालाबालालाई छोडदै  अर्थो- उपार्जनका निम्ति रोजगारिका शिलशिलामा खाडी मुलुक लगायत बिश्वका विभिन्न  मुलुकमा धाउनु पर्ने बाध्यता भनौ वा नियती, हिजो पुर्खा देखि नै भोग्दै आएको तितो यथार्थ हुन, जुन यथार्थ बाट नेपालका युबाहरु अछुतो रहन सकेको छैनन् । 

    कोरोना कहरको महामारी सगै बिश्वलाई चलायमान बनाउने आर्थिक क्षेत्र सग सम्बन्धित सबै क्षेत्रहरु नराम्रो सग थलिन  पुगेको छ जसले गर्दा हरेक कलकारखाना, उद्योग, कम्पनी, व्यापार ब्याबसाय बन्द भएका छन । जसले गर्दा प्रबासी नेपाली मजदुरहरुले चरम बेरोजगारीको समस्या भोग्नु परेको छ । रोजगारि हुनेहरुले पनि प्राय तोकिएको भन्दा न्यून तलबमा काम गर्नु पर्ने बाध्यता सिर्जना भएको छ । जसले गर्दा प्रबासी नेपाली मजदुरहरु प्राय लाखौको संख्यामा आफ्नो जन्म भुमी नेपाल फर्कने र नेपालमा नै व्यापार, ब्याबसाय,कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दै रोजगारीको अवस्था सिर्जना गर्ने  मनस्थिति का साथ तयारी अवस्थामा रहेको छ भने कति त  फर्कीसकेको अवस्था छ । 

    यो अवस्थामा नेपाल सरकारले गम्भीरताका  सोच्न र नितिगत हिसाबले व्यबहारिक रुपमा लागू गर्न आबश्यक छ ।  हिजो हरेक नेपाली प्रबासमा श्रमिक मजदुरको रुपमा छिर्दा हरेक नेपालीले हातमा बिना सीप, बिना दक्षता, बिना अनुभब अदक्ष,अर्ददक्ष जनशक्तिको रुपमा बिदेशीएका थिए भने बर्तामान अवस्थामा फर्कने सबै  नेपालीले प्रबासी श्रमिक जीवन अन्त्य सगै श्रमले सिकाएका सबै खालको हात- हातमा सिप, दक्षता र अनुभव सगै मन, मस्तिष्कमा उद्धेश्य र योजना लिएर फर्किदै छन ।  नेपाल सरकारले बिदेश बाट फर्किने लाखौ नेपालिको संख्या मात्र होइन लाखौ नेपालीको संख्यासगै करोडौं योग्यता, क्षमता र दक्षता भित्रिएको देख्न सकोस, महसुस गर्न सकोस, हिजो अन्य  मुलुकले आफ्नो देश समृद्ध बनाउन हाम्रो देशको अदक्ष, अर्ददक्ष जनशक्ति लिएर गएका थिए । आज हाम्रो देशलाई समृद्ध बनाउन दोस्रो मुलुकले दक्ष जनशक्ति फिर्ता पठाउदै छ भन्ने कुरा बुझ्न् आवश्यक छ।

    ती लाखौ संख्याका योजना, उद्धेश्य, योग्यता, क्षमता, दक्षता र उर्जालाइ मर्न नदिन, सेलाउना नदिन, कुण्ठित हुन नदिन, सरकारले नितिगत रुपमा योजना बद्ध हिसाबले अवसरहरु प्रदान गर्दै उचित ब्यबस्थापन गर्नु पर्छ ।  सरकारले अन्य देश सग श्रम सम्झौता गरेर श्रमिक पठाउने होइन युबाहरुलाइ नै देशमा श्रम गर्न प्रोत्साहित गर्दै श्रम गर्ने वातावरण सिर्जना गर्दै श्रमको न्यायोचित सम्मान गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादित बस्तुको बिक्रि- बितरण गर्नुपर्छ,  तब मात्र राजनैतिक रुपमा भन्ने आर्थिकक्रान्ती,कृषिक्रान्ती यहि बाट सुरु हुनेछ संगसंगै सरकारले अबलम्बन गरेको नारा "समृद्ध नेपाल सुखी नेपाली" नारामा मात्र होइन बास्ताबिकतामा महसुस हुने गरि  परिणत हुनेछ । 
    निशेक गुरुङ्ग
    महासचिब- तमु समाज ओमान

  • सम्बन्धित विषय:

  • # विचार
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology