Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा २ महिलासहित ३ जना संक्रमितको मृत्यु

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा २ महिलासहित ३ जना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७७ शुक्रवार • ११:४४:३० बजे
  • 1.4K
    SHARES
  • काठमाडौंको  त्रिवि शिक्षण अस्पतालमा २ महिलासहित ३ जना संक्रमितको मृत्यु

     काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । अस्पतालमा २ जना महिलातथा १ जना पुरुषको मृत्यु भएको अस्पतालका डा. सविन थपलियाले जानकारी दिए ।

    images

    डा. थपलियाकाअनुसार २ जना महिला पहिलेदेखि नै शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए । अर्का पुरुष बिरामी अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भइसकेको थियो ।

    मृतक महिलामध्ये एकजना काठमाडौंको तारकेश्वर नगरपालिकाकी हुन् । २३ वर्षीय उनी लामो समयदेखि कलेजोको समस्याले ग्रसित भएको डा. थपलियाले बताए ।

    यस्तै गोरखाकी ४० वर्षीय महिला किड्नीको डायलासिस गराइरहेकी थिइन् । उनको पनि कोरोना संक्रमणपछि मृत्यु भएको हो ।

    यस्तै धादिङका ४५ वर्षीय पुरुषको भने अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको उनले बताए । उनले मृतक पुरुषको निमोनियाको कारण मृत्यु भएको बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology