Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत,जनस्वास्थ्यमा गम्भीर असर

गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत,जनस्वास्थ्यमा गम्भीर असर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७७ शुक्रवार • १२:५९:४७ बजे
  • 2.0K
    SHARES
  • गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत,जनस्वास्थ्यमा गम्भीर असर
    गोर्खा बु्रअरीद्वारा उत्पादित विभिन्न ब्रान्डका बियर मापदण्डविपरीत रहेको पाइएको छ । सो कम्पनीले उत्पादन गरेका बियरले जनस्वास्थ्यमा गम्भीर असर गरेको पाइएको छ ।

    नेपालको चर्चित औद्योगिक घराना खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरी बिक्रीवितरण गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
    हामीले यो समाचार नेपाल समाचारबाट साभार गरेका छौ ।

    मापदण्डविपरीत उत्पादन गरिएको बियरले जनस्वास्थ्यमा गम्भीर असर गरेको पाइएपछि विभागले बियरका रूपमा बजारमा बिक्रीवितरण गर्न रोक लगाएको बताएको छ । विभागले उक्त कम्पनीको बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीका मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी गरेकाले कडा कारबाही गर्न उपभोक्ताले माग गरेका छन ।

     बियरमा जौको मात्रा ५० प्रतिशत हुनुपर्ने प्रावधान रहे पनि सो कम्पनीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागले जनाएको छ ।

    गोर्खा ब्रुअरीले उत्पादन गरेको काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोग नगर्नसमेत विभागले आग्रह गरेको छ । विभागका अधिकारीका अनुसार गोर्खा ब्रुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरबाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने बताइएको छ । लकडाउनका बेला अनुुगमन नहुने र दशैंको समयमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको बताइएको छ ।

    अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्र लिनेले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा उल्लेख गरिएको छ ।

    आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी बन्द गराएर अनुसन्धान गरेपछि कम्पनीको बदमासी सार्वजनिक भएको छ । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपियाँ निर्धारण गरेको छ ।

    गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १ सय ६५ रुपियाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपियाँ कायम गरिएको विभागले जनाएको छ ।

    विभागका उपमहानिर्देशक शिवादेवी दाहालले माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनअनुसार प्रतिलिटर ४ सय ३० रुपियाँ तिर्नुुपर्ने बताउनुभयो । कम्पनीका केही ब्रान्डमा समस्या रहे सोहीअनुुरूप कारबाही हुने उहाँले जानकारी दिनुभयो ।

    विभागले सबै कार्यालयलाई सोहीअनुसार गर्न परिपत्र गरेको उपमहानिर्देशक दाहालले बताउनुभयो । बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्न निर्देशन दिएको छ ।

    कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ ।

    आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरी, माउन्ट एभरेस्ट ब्रुअरी, हिमालयन ब्रुअरी, यती ब्रुअरी, शेर्पा बु्रअरी, सिजी ब्रुअरी, नेपाल ब्रुअरी, टाइगर ब्रुअरी, याक ब्रुअरी, राज ब्रुअरीलगायतका १० वटा कम्पनीका उत्पादनको गुणस्तर परीक्षण गरेको थियो । गोर्खा ब्रुअरीले उत्पादन गर्दै आएको बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा कमसल रहेको विभागले जनाएको छ ।

    आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको बताइएको छ  ।

  • सम्बन्धित विषय:

  • # बियर
  • # मापदण्डविपरीत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology