Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा कोरोना

शनिवार पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४६ जनामा कोरोना पुष्टि कहाँ कति ?

शनिवार पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४६ जनामा कोरोना पुष्टि कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७७ शनिवार • ११:३७:४५ बजे
  • 2.5K
    SHARES
  • शनिवार पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४६ जनामा कोरोना पुष्टि कहाँ कति  ?
    पोखरा । पोखरामा शनिवार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणममा १४ वडाका ३० जनामा कोरोना पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखराका ३० सहित गण्डकी  प्रदेशमा थप भएका नयाँ ४६ जना पुष्टि भएको छ । 

    कास्की जिल्ला, पोखरा महानगरपालिका, वार्ड नं २९ का ३४ बर्षीय पुरुषको ग्रीन पास्चर अस्पताल, पोखराबाट, वार्ड नं। ११, १६, २२, ९, ७, २७ र २ का ३२, २०, २५, २४, ३५,२६, २२, ३२, ५, ५२, २२, ४७, ३२ बर्षीय महिलाहरु र २४, २९, ३० बर्षीय पुरुषहरुको गण्डकी मेडिकल कलेज, पोखराबाट र तनहुँ जिल्ला, बन्दीपुर-१ का ५३ बर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखराबाट नमुना संकलन गरिएको हो।

    पोखरा महानगरपालिका- २९, १९ र १६ का ३७, २०, ४४, ४५ बर्षीय पुरुष र ३० बर्षीय महिला, साथै गोरखा जिल्ला, गोरखा-११ का ३९ बर्षीय पुरुष भारतबाट आआएका हुन । नवलपरासी (ब।सु।पू।) जिल्ला, गैंडाकोट-४ का ४१ बर्षीय पुरुष साउदीबाट आउनुभएको हो । अन्य सबै संक्रमित contact tracing बाट पहिचान भएको हो ।

    यसै गरी गोरखा जिल्ला, गोरखा-८ का ४२ बर्षीय पुरुष नेपाल आर्मी र वार्ड नं। ७ का २९, ३६ र २५ बर्षीय पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन ।संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशानलयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या ५५४७ पुगेको छ ।
    121583627_191849678989484_4086292443918205453_o.jpg121576941_191849638989488_6837927355515926895_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology