नबिल बैंकका सिईओ अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले ट्विट गर्दै बताएका छन्। बुधबार आफूले स्वाद र गन्धहरु थाहा पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर पनि आफूलाई आशंका लागेका कारण आइसोलेसनमै बसेको उनले जनाएका छन्।
शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले जानकारी दिएका छन्। सम्पूर्ण शुभेच्छुकहरुको शुभेच्छा र प्रार्थनाबाट छिट्टै कोरोना परीक्षण नेगेटिभ आउने आशा गरेको उनले ट्विटरमा लेखेका छन ।