Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सल्लेरी बनमा सभार्दपुर्ण बाताबरणमा ८ औ साधारण सभा सम्पन्न

सल्लेरी बनमा सभार्दपुर्ण बाताबरणमा ८ औ साधारण सभा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • ११:४८:३६ बजे
  • 1.6K
    SHARES
  • सल्लेरी बनमा सभार्दपुर्ण बाताबरणमा ८ औ साधारण सभा सम्पन्न
    सन्तोष कटुवाल,
    सिन्धुली । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला कार्य समिती सिन्धुलीको ८ औ साधरण सभा आज सम्पन्न भएको छ । एतिहासिक सिन्धुलीगढीबाट नजिकै कला घर निर्माण स्थल सल्लेरी बनमा स्वाथ्य प्रती सजग रहदै सस्थागत मापदण्डलाइ पुर्णता स्वरुप बार्षिक साधरण सभा सम्पन्न भएको हो ।
    si1.jpg
    पुर्ब अध्यक्ष तथा प्रतिस्ठानका सल्लाहकार टिकाजङ्ग थापा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको समिक्षा तथा भाबी कार्यक्रम बिसयमा छलफल भएको छ  । भाबि कार्यक्रम अन्तरगत अनलाइन मार्फत जिल्ला स्तरिय एकल लोक गायन तथा एकल लोक नृत्य प्रतियोगिता गरिने तय भएको छ । 
    अबस्था परिबेशलाइ मध्यनजर गर्दै नियमित प्रतिभालाइ प्रफुष्टन लक्षित रेडियो कार्यक्रम उत्पादनलाइ पनि प्राथमिकता दिइने भएको छ ।

    प्रतिष्ठानका अध्यक्ष दिनेश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ८ औ साधारण सभा समापन सङ्गै कलाघरमा साङ्गितिक सभा कार्यक्रम समेत भएको थियो । सन्चारकर्मी राजन गाउलेको प्रमुख आतिथ्यतामा भएको साङ्गितिक सभामा सिङ्गो पदाधिकारी बिच  रिले दोहोरी घम्साघम्सी चलेको थियो ।। साथमा कार्यक्रमका अध्यक्ष दिनेश काफ्लेको क्यारिकेचरमा कोरोना कहरको पिडा नै भुल्ने रमाइलो माहोल सृजना भएको थियो ।

    कार्यक्रममा प्रथम उपाध्यक्ष नन्दलाल श्रेष्ठ , द्दितिय उपाध्यक्ष डिल्ली काफ्ले, महिला उपाध्यक्ष पबित्रा रम्तेल , सह कोसाध्यक्ष निरुता लामा सदस्यहरुमा क्रमश : शिशिर शिद्द, बिकास पहेली , सन्तोष नेपाली, समिर बिक्रम थापा, अशोक काफ्ले, मानकुमार बिस्वकर्मा , सन्चिता थापामगर, पदम बर्माशाखा, बन्दना दनुवार लगायत पधाधिकारी हरुको उपस्थिती रहेको थियो ।। कार्यक्रम संचालन प्रतिस्ठानका सचिब नेपाली बाबु सुमनले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology