Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्ध चिनियाँ भ्याक्सिन एन्टिबडीमा राम्रो प्रभाव

कोरोनाविरुद्ध चिनियाँ भ्याक्सिन एन्टिबडीमा राम्रो प्रभाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७७ सोमवार • ११:१०:११ बजे
  • 1.9K
    SHARES
  • कोरोनाविरुद्ध चिनियाँ भ्याक्सिन एन्टिबडीमा राम्रो प्रभाव

    एजेन्सी । चिनियाँ भ्याक्सिनले एन्टिबडीमा राम्रो प्रभाव देखिएको छ । ‘द ल्यासेन्ट जर्नल’मा प्रकाशित एक रिपोर्ट अनुसार चिनियाँ भ्याक्सिन परीक्षणका क्रममा कोरोनाविरुद्धको एन्टिबडी निर्माणमा सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी पाइएको उल्लेख छ ।

    images

    चिनियाँ एक भ्याक्सिनको अप्रिल २९ देखि जुलाइ ३० सम्मको नतिजालाई जर्नलमा प्रकाशित गरिएको रोयटर्सले जनाएको छ । अनुसन्धानमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सलगायतका ठूला ठूला संस्थाहरु सहभागी भएका थिए । सुरुवातमा सहभागी सबै स्वयम् सेवकहरुमा राम्रो प्रभाव देखिएको छ ।

    ‘द ल्यासेन्ट इन्फेक्सियस डिजिज जर्नल’मा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले भनेका छन, ‘यो भ्याक्सिन प्रभावकारी मात्र होइन, पुरै परीक्षणका क्रममा अहिलेसम्म कुनै पनि स्वयम् सेवकलाई घातक साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिनको परीक्षणमा १८ वर्षका नौजवानदेखि ८० वर्षका ६ सय भन्दा धेरै स्वयम् सेवक सामेल गरिएको थियो ।’

    विशेषज्ञहरुले परीक्षणको प्रारम्भिक चरणको उद्देश्य भ्याक्सिनको सुरक्षा र रोग प्रतिरोधात्मक प्रणालीमा त्यसको असरका विषयमा अनुसन्धान गर्नु रहेको जनाएका छन् । यो भ्याक्सिन कोरोनाबाट मानिसलाई बचाउन सक्षम रहेको उनीहरुको भनाइ छ । यो नतिजा अहिले जारी तेस्रो चरणको परीक्षणका लागि महत्वपूर्ण हुने विशेषज्ञको भनाइ छ ।

    चीनले विकास गरेका ५ वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको परीक्षणमा छन् । अन्य देशको तुलनामा चिनियाँ भ्याक्सिन सुरक्षित र प्रभावकारी मानिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि आपतकालीन प्रयोगका लागि भ्याक्सिन प्रयोगको अनुमति दिइसकेको छ । डब्ल्युएचओको तथ्याङ्क अनुसार अहिले विभिन्न देशका ४० भन्दा धेरै भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology