Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या २८३

विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या २८३

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १२:२२:५९ बजे
  • 1.4K
    SHARES
  • विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या २८३
    पोखरा - विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या २८३ पुगेको छ । पछिल्लो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या २८३ पुगेको हो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार इजरायलमा थप १ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा १९ देशमा रहेका २८३ जना नेपालीको कोरोना संक्रमणले मृत्यु भएको छ ।

    यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

    समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपालीमध्ये ९१ प्रतिशत जाति भएको एनआरएनएले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology