Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेल (राता मकै)लाई मातृशोक

चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेल (राता मकै)लाई मातृशोक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १५:४९:२१ बजे
  • 2.8K
    SHARES
  • चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेल (राता मकै)लाई मातृशोक
    चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेल (राता मकै)लाई मातृशोक परेको छ । उनको  एकसय वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

    आमाको निधन भएको दुःखद समाचार कलाकार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । 

    उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

    कलाकार पौडेलले देशविदेशमा भएका सम्पूर्ण आफन्तजनहरुको जानकारीको लागि उक्त दुःखद् खबर आफैले फेसवुक मार्फत सार्वजनिक गर्ने बाध्य भएको समेत वालमा राख्न वाध्य भएको उल्लेख गरेका छन् ।

    उनले अन्त्यमा लेखेका छन् ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला’ ।

    पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology