Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

भारतमा चम्कियो चि‌ङ्गारी एप

भारतमा चम्कियो चि‌ङ्गारी एप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १९:१८:४१ बजे
  • 1.5K
    SHARES
  • भारतमा चम्कियो चि‌ङ्गारी एप

    भारतले चिनियाँ सर्ट भिडियो एप ‘टिकटक’सहित ५९ स्मार्टफोन एपमाथि प्रतिबन्ध लगाएसँगै त्यसको फाइदा भारतीय एपलाई पुगेको छ ।

    images

    सरकारले यस्तो निर्णय गरेसँगै टिकटकको प्रतिस्पर्धी ‘चिङ्गारी’ एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ । चिङ्गारीका संस्थापकले मंगलबार यो एप प्रतिघण्टा १० लाखभन्दा बढीको दरले डाउनलोड भएको बताएका छन् ।

    चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएसँग भारतीय एप प्रतिस्पर्धीहरु खुसी भएका छन् । ‘चिङ्गारी’का संस्थापक सुमित घोषका अनुसार केवल ७२ घण्टामा भारतमा चिङ्गारी एप पाँच लाखपटकभन्दा बढी डाउनलोड भइसकेको उनले बताएका हुन् ।

    भारतको निर्णयपछि यो एपको भ्युज पनि प्रतिघण्टा दुई लाख नाघेको घोषले बताए ।

    भारतले चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै चिङ्गारी एपले सरकारको निर्णयको स्वागत गर्दै सरकारले धन्यवाद व्यक्त गरेको थियो ।

    भारतका प्रयोगकर्ताहरुलाई पनि टिकटकले सरकारको निर्णयबारे जानकारी गराउँदै एक म्यासेज देखाएको थियो । पछिल्लो समय चीन र भारतको बीचमा तनाव बढिरहेको अवस्थामा भारतले चिनियाँ एपलाई लक्षित गर्दै ५९ स्मार्टफोन एप प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

    स्रोत : भारतीय सञ्चारमाध्यमहरु

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology