स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणको दायित्वबाट सरकार पछि नहटेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो प्रष्टीकरण दिएका हुन् ।
स्वास्थ्यमन्त्री ढकालले सरकारले निःशुल्क उपचारलाई व्यवस्थित गरेको तर उपचारनै नगर्ने नभनेको बताए । उनले आफैले उपचार गर्न सक्नेहरुले सरकारलाई सघाउनु पर्ने धारणा राखे ।
यस्तै गरिब, असाहाय, वृद्ध, वृद्धा तथा एकल महिलाहरुलाई सरकारले उपचार गर्ने उनले बताए । मन्त्री ढकालले निःशुल्क उपचार पाउनेहरुको वर्गीकरण सूची बनाएको भन्दै सोही अनुसार उपचार हुने बताए ।
यस्तै सरकारले शव व्यवस्थापनमा पनि हात नझिकेको उनले प्रष्ट पारे । यसअघिको व्यवस्था अहिले पनि कार्यान्वयनमा रहेको उनले बताए ।