काठमाडौं / चर्चित गायक दावा दिन शेर्पा र गायिका मेलिना राईको स्वरमा सररर म्यूजिक भिडियो सार्वजानिक भएको छ । शेर्पा समुदायको चिर परिचित गायक दावा के शेर्पाको शब्द संगित रहेको गीतको निर्देशक भुपेन्द्र गुरुङ्गले गरेका हुन् । OSR Digital युटुब च्यानलबाट सार्वजानिक भएको उक्त म्यूजिक भिडियोमा उर्मिला गुरुङ र सुरज दियालीले मुख्य अभिनय गरेको छन् । रमा विश्वकर्माले कोरियोग्राफर गरिएको भिडियो सम्पादन रविन थापा मगरले गरेका हुन् भने छायाँकन अभि राईले गरेका छन् ।
कोरोना भाइरसको महामारीको समयमा नै विभिन्न ठाउँहरुबाट छायाँकन गरि निर्माण भएको गीतको सोमबार एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
सररर हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।