Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हेलिकप्टर बाट उद्दार गरिएकी सुत्केरी महिलाको उपचारका लागि सहयोगको याचना

हेलिकप्टर बाट उद्दार गरिएकी सुत्केरी महिलाको उपचारका लागि सहयोगको याचना

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

कार्तिक ५, २०७७ बुधवार • १५:५५:०८ बजे
  • 4.0K
    SHARES
  • हेलिकप्टर बाट उद्दार गरिएकी सुत्केरी महिलाको उपचारका लागि सहयोगको याचना
    पर्वत -बच्चा जन्मेको केही दिनमा नै मुटु, फोक्सो, कलेजो, मृगौला र निमोनिया जस्ता रोगले पीडित बनेकी एक जना महिलाले आफ्नो उपचारका लागी सहयोगको याचना गरेकी छिन ।
    ka2.jpg
    सुत्केरी भए लगत्तै बिभिन्न रोगले एकै पटक पीडित बनेकी जलजला २ पर्बत निवासी करिना बि. क लाई केही समय पहिला म्याग्दी हस्पिटलको ICU कक्षमा उपचार गरिरहेको अवस्थामा थप समस्या देखिए पछी गण्डकी प्रदेश अन्तर्गत सामाजिक मन्त्रालयले आकस्मिक हेलिकप्टर मार्फत उद्दार गरी गण्डकी अस्पताल पुर्याईएको थियो ।
    ka4.jpg
    ४ दिन अगाडि हेलिकप्टर मार्फत  पश्चिमान्चल क्षेत्रिय अस्पताल लगिएको थियो । उनको बेहोस अबस्थामा उपचार भईरहे पनि स्वास्थ्यमा अझै समस्याहरु थप देखिए पछी अझै केही समय उपचारमै अस्पताल राख्नु पर्ने र बिरामीको आर्थीक अबस्था कमजोर भएको कारण थप उपचारको लागी आर्थीक समस्या परेको बिरामीको श्रीमान राज कुमार बि क ले जानकारी दिनु भएको छ ।
    ka5.jpg
    यसै बिच बिरामीको जीबन रक्षाका लागि बिरामीको तर्फ बाट उनका श्रीमान राज कुमार बिकले आर्थिक सहयोगको याचना गर्नु भएको छ । कोरोनाको महामारीले यसै त जिवन अस्तब्यस्त थियो त्यसै माथी यो नसोचेको समस्या आई लाग्यो भन्दै ॲाशु झार्दै सबै मनकारी  महानुभाव ,परोपकारी संघ संस्था लाई सहयोगको याचना गर्नु भएको हो ।
    ka6.jpg
    करिना बिकको उपचारको लागी सहयोग गर्न चाहनु हुने महानुभावहरुले उनको श्रीमान राजकुमार बिकको माछापुच्छ्रे बैंकको खाता नम्बर 2940524461588018 मा सिधै सहयोग गर्न सक्नु हुनेछ । थप जानकारीको लागि उनको श्रीमान राजकुमार बि कको सम्पर्क नं ९८४७६०३४५७ र ९८०५२३२६१५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology