Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईसीसी प्रमुख मनहोरले दिए राजीनामा

आईसीसी प्रमुख मनहोरले दिए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १९:२१:३२ बजे
  • 1.2K
    SHARES
  • आईसीसी प्रमुख मनहोरले दिए राजीनामा

     अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष शशांक मनोहरले दुई वर्षको कार्यकाल सकिएपछि राजीनामा गरेका छन् । उनले दुई पटक आईसीसीको प्रमुखको हैसियतमा काम गरेपछि बुधबार राजीनामा दिएको आईसीसीले जनाएको छ ।

    images

    यस्तै आईसीसीको बुधबारकै बोर्ड बैठकले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी दिने सहमति गरेको छ ।

    अध्यक्षको चुनावको प्रक्रियालाई आईसीसी बोर्डले आगामी हप्ता अनुमोदन गर्न अपेक्षा गरिएको छ । आईसीसीका प्रमुख कार्यकारी मनु सावनेले भने, ‘आईसीसी बोर्ड, कर्मचारी र सम्पूर्ण क्रिकेट परिवारको तर्फबाट म शशांकलाई उनको नेतृत्व र आईसीसी अध्यक्षको हैसियतमा खेलका लागि गरेका सबै कामका लागि धन्यवाद दिन्छु । हामी उनलाई र उनको परिवारलाई भविष्यको लागि शुभकामना दिन्छौं ।’

    आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘आईसीसी बोर्डका सबैले शशांकलाई हाम्रो खेलप्रति देखाएको प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिनेछौँ । शशांकले क्रिकेट र आईसीसीलाई राम्रो ठाउँमा छाडेका छन् ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology