Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घन्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु

२४ घन्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • १७:५१:४४ बजे
  • 1.6K
    SHARES
  • २४ घन्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा कोरोनाबाट २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या २४ घन्टामा गुमाउने अहिलेसम्मै धेरै हो । अहिलेसम्म कोरोना संक्रमणबाट देशभर ७ सय ९१ जनाको ज्यान गएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

    देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology