Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गर्भवती हत्या आरोपित पक्राउ

गर्भवती हत्या आरोपित पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • १८:५८:२३ बजे
  • 1.1K
    SHARES
  • गर्भवती हत्या आरोपित पक्राउ

    हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्ला गाउँबाट गिरफ्तार गरेको हो ।

    images

    प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार गत असोज १९ गते राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक १ गते हिमा – १ पागरपालीस्थित हिमा नदीका छेउमा शव फेला परेको थियो । किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा भेटिएकाले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यही कात्तिक १ गते शव परीक्षण गर्दा किशोरीको पेटमा तीन महिनाको शिशु थियो । प्रहरी निरीक्षक भट्टराईले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी गरिएको छ ।’

    किशोरीका आफ्न्तले हत्या गरेका आरोपमा मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय डाँगीका नाममा कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गराएका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology