हाम्रा महानायक राजेश हमालले जातको प्रश्नमा देशका विशिष्ट विभिन्न व्यक्तिहरुलाई लिइएको अन्तरवार्ताको इपीसोड हेरिरहेको छु ।यी इपीसोडहरुमा पनि पहिलो इपीसोडमा पूर्व प्रम शेरबहादुर देउवा र पछिल्लोमा पूर्वप्रम डा. बाबुराम भट्टराईको अन्तरवार्ता मात्र मैंलेसुनें–हेरे । भनौं अझै बाबुराम भट्टराईको अन्तर्वार्ता दोहो¥याई सुन्दा मलाई यो रचना तयार गर्न मन लाग्यो । साँच्चै भन्नुपर्दा हाम्रामहानायकले फेरि अर्को महानायकले चलाउने अभियान चलाउनुभएको छ । मैंले २०६४ तिर नै उहाँलाई दलितमाथि हुने जातीयविभेदजन्य हत्या, हिंसालाई मेटाउन टेवा पु¥याउने सिनेमा खेल्न अनुरोध गरिएको पत्र लेख्न बसें । तर आधा लेखेर फेरी आफै च्यातेरफालेको थिएँ । बिचमा भेट्ने प्रयत्न पनि गरेको हो तर भेटमा उहाँको व्यस्तताले सबै कुराकानी गर्न सम्भव भएन । आज म धेरै खुशी छु, आजभन्दा १२ वर्ष अघिको मेरो सोच पूरा भएको छ । किनकि उहाँ आफैले विशिष्ट व्यक्तिहरुलाई विशिष्ट ढंगले जातको प्रश्नमा गम्भीरबहस र छलफलको सुरुवात गरिदिनुभएको छ ।
हुन त महानायकलाई केही समय अगाडि महानायक भनेर चिन्दिन, जान्दिन भनेर एउटामिडियामा अन्तरवार्ता दिँदा सामाजिक सञ्जाल तातेको पनि थियो । मेरो व्यक्तिगत हकमा मैंले नेपाली पहिलो सिनेमा पनि उहाँकै हेरेकोहुँ । जसबाट मलाई उहाँको कलाकारिता प्रति गहिरो छाप परेको हो । उहाँको पहिलो सँगै अरु धेरै सिनेमाहरु हेरियो पनि । जसमा हाम्रोसमाजमा रहेको अशिक्षा, न्युन चेतना, गरिबी, सामाजिक विभेद, जातिय छुवाछुत लगायत केही न केही सवालमा समाजमा जनचेतनाफैलाइरहेको पाएको छु । त्यसैले मैंले उहाँलाई महानायक मानेको हो । अर्को हामी २०६३ सालमा शान्तिकालमा आएपश्चात् त्यसमापनि विशेषगरी पहिलो संविधानसभाको चुनावपछि मैंले छुवाछुतजन्य विभेद विरुद्ध कलम चलाउने जमर्को गरेें ।
अझै त्यसमा पनि चुनावपश्चात् गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड बन्दा उहाँको मन्त्रीमण्डलमा एकजना दलित परेन । जसलेमलाई साँच्चिकै सिद्धान्त र व्यवहार बिचमा किन तालमेल हुँदैन । बोली र व्यवहार किन फरक पर्छ ? यी यस्ता खाले प्रश्नले निकै नैघच्घच्यायो र लेखन कार्य सुरुवात गरेको थिएँ । साँच्चिकै जनयुद्धकाल र जनसत्तामा माक्र्सवादले भन्ने कुनै खाले विभेद शोषण, दमनको अनुभूति थिएन हामीलाई । यदि भइहाले पनि त्यसको विरुद्ध विद्रोह अनिवार्य हुने । त्यस विद्रोह र त्यसले आर्जन गरेकोजनसत्तामा हामीलाई साँच्चिकै कुनै खाले विभेद र शोषणको अनुभूति हुँदैहुँदैन थियो । यथार्थमा असमानता पाएको महसुस हुने खालेघटना र व्यवहार पनि भएन हामीलाई । २०६१ सालतिर नेपाल दलित मुक्ति मोर्चाको रोल्पाको बाङ्गेतालमा तेस्रो राष्ट्रिय सम्मेलनसम्पन्न भएको थियो । उक्त सम्मेलनको प्रतिवेदनमा टिप्पणी राख्ने बेलामा के साँच्चिकै छुवाछुत व्यवहारमै अन्त्य भएको अवस्था हो ।अनि छुवाछुत पूर्णरुपमा अन्त्य भएको भनेर प्रतिवेदनमा उल्लेख गरिएको हो कि । यसका केही तुषहरु बाँकी छन् ? भनेर ग्रुप लिडरकोहैसियतले मैंले प्रश्न उठाउँदा मोर्चाको तत्कालीन नेतृत्वले जवाफमा यहाँ मतलब (हाम्रो आधार क्षेत्र रोल्पा, रुकुम) मा कामीको छोरालेमगरको छोरीलाई मागी बिहे त्यही पनि बाजा बजाएर भइसक्यो । त्यसैले यहाँ छुवाछुतको कुनै खाले गुन्जायस छैन । उक्त कारणहामीले हाम्रो प्रतिवेदनमा निर्धक्क जातिय भेदभाव र छुवाछुतको आधार इलाकामा पूर्ण अन्त्य भएको भनेर राखेका हौं भनेर जवाफदिनुभएको थियो । त्यो तेस्रो सम्मेलन र उहाँको बचन रुकुममा नवराज वि.क. लगायत ६ जनाको निर्मम हत्या छुवाछुतकै कारणलेभएपश्चात् झलझल्ती सम्झेको थिएँ । त्यो समय कुनै सिनेमा सुटिङ्ग भएको थियो कि भनेर पनि सम्झें कल्पना गरें । मैंले अर्कातिरजनयुद्धका सर्वोच्च ‘सुप्रिमो प्रचण्ड’ जसले जुनकुनै सर्वसाधारणको धनजनको क्षति हुने अलि संवेदनशील घटनामा विज्ञप्ति निकालीसहानुभूति प्रकट गर्नुहुन्छ । तर उहाँको विज्ञप्ति पनि त्यस घटनामा तत्काल नआउँदा आश्चर्य र कताकता खल्लोपना लागेको थियो । हुनत पछि पार्टी महासचिवले विज्ञप्ति निकाल्नुभयो । अध्यक्ष प्रचण्डले रुकुम घटनाप्रति आफूलाई हिजोको आधार इलाकामा यस्ता घटनाघट्दा साँच्चिकै लाज लागेको अभिव्यक्ति दिनुभयो ।
यहाँनिर माक्र्सवादले भनेझैं सबैखाले शोषणको अन्त्य हाम्रो समाजमा एकहदसम्म हुँदा पनि जातको प्रश्न बाँकी रहन्छ किन ? जनयुद्धकोआधारभूमि जस्तो ठाउँमा, के साँच्चै जनयुद्ध कालभरि त्यहाँ मान्छेमा आत्मीक र वैचारिक परिवर्तन नभई बाह्य परिवर्तन मात्र भएको थियो। के त्यो माक्र्सवादले भनेझैं वैज्ञानिक विचारले ल्याएको परिवर्तन नभई हतियारको अगाडि देखावटी परिवर्तन थियो ? यो विषयले मलाईसाँच्चिकै पिरोलिरहन्छ । किनकी मैंले स्वयं जनयुद्धमा संलग्न भएर यसो भनि रहँदा कतिलाई मेरो विचार ठीक पनि नलाग्ला । तर केरुकुममा त्यही पनि जातका कारण ६–६ जनाको हत्या हुनु कुन मानेमा हामी सही भनौं ? त्यसकारण अन्य खाले शोषण र परिवर्तनमाक्र्सवादले भनेझैं हुनेमा म कत्तिपनि विचलित छैन । तर यहाँ प्रश्न जातको सवालमा भने माक्र्सवादले गरेको व्याख्याले मात्र नपुग्ने पोहो कि । यो सवाल महानायकले भनेझैं गम्भीर सवाल हो र छ । दक्षिण एसियामा पनि नेपाल–भारतमा रहेको जातिय विभेद र छुवाछुतकोअन्त्यका लागि अब नयाँ शिराबाट बहस र छलफल हुन जरुरी छ । के दलितहरु जातकै कारण दिनहुँजसो यो गणतन्त्र नेपालमा ज्यानगुमाउनुपर्ने । के यो उचित छ ? किन यसमा खासै कसैको चासोखो विषय बन्दैन ? किन कसैले पनि यसको विरुद्ध हाम्रो समाजमाआफूलाई शिक्षित, बौद्धिक प्रगतिशील उच्च चेतनशील भन्ने आधुनिक जमात यसको विरुद्ध आन्दोलनमा होमिन तयार हुँदैन ।लकडाउनमै भए पनि विभिन्नखाले सवाललाई लिएर आन्दोलन भइहेकै छन् । जस्तो कि अहिले पछिल्लो समयमा कुलमानलाईसरकारले पुनः नियुक्ति गरेन भनेर आन्दोलन भइरहेको छ । तर त्यही जमात सचेत व्यक्ति किन तराईमा दलितलाई दिनहुँ जसो प्रहरीहिरासत र जेलभित्रै मारिरहँदा कसैको पनि बाल मतलव हुँदैन । कतै यसमा दलित न मरेका हुन् भन्ने सोचले काम गरेको त छैन ? किनएउटा प्रगतिशील पण्डित चन्द्रकान्तले बाग्लुङ्ग जिल्लाको एक गुरुकुल विद्यालयमा उहाँले दलितका बच्चाले पढ्न पाउनुपर्छ भन्दासिङ्गो समाज उहाँको विरुद्धमा खनिन्छ । उहाँकै शब्दमा पानी, बिजुलीको लाइन काटेर एकखाले सामाजिक बहिष्कार नै गरिन्छ ।मानसिक तनाव दिँदा त्यसको विरुद्ध देशका हजारौं पण्डितको आवाज बन्द हुन्छ । त्यस्तै राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी, प्रशासन र सरकार कसैकसैको ध्यान पुग्दैन–जाँदैन । साँच्चै के मानसिकताले काम गरेको छ हामीमा ? हाम्रोसमाजमा दलित–दलित नै हो । तल्लो जाति नै हो भन्ने सोच र आफू कथित उच्च जाति हुँ भन्ने दम्भले काम गरेको त छैन ? मैंले यसोभनिरहँदा हामी दलितको सवालमा अन्य कोही कसैले काम गरेकै–बोलेकै छैन भन्ने खोजेको होइन । कदापि मेरो मतलाई त्यसरी नबुझीदिनुहुन म विनम्र अनुरोध पनि गर्दछु । मैंले मात्र भन्न खोजेको के हो भने दलितलाई बाँच्न दिनुहोस् । हामी सबैलाई लाज लाग्नुपर्छ, कतैअन्तरजातिय विवाहको नाममा मारिँदा । कतै यसलाई मारेर पनि केही फरक पर्दैन भनी हेपेर मारिँदा । हो यही अवस्थाको मात्र अन्त्यहोस् । त्यसैले यो सवालमा म फेरि भन्छु । महानायकले ‘जातको प्रश्न’ सवाललाई लिएर जुन काम गर्नुभएको कारण पनि उहाँ साँच्चिकै महानायक हो ।
यो देशमा थुप्रै कलाकारिता क्षेत्रमा लाग्ने महानुभावहरु हुनुहुन्छ । कति जना हामी तल्लो जातको भनिएका दलित समुदायका कलाकारपनि छन् । त्यस्तै कतिपय हाम्रो आफ्नै दलित जातको वा हाम्रो समुदायको भनेर गर्व पनि गर्छौ । साँच्चिकै कतिजना दलित समुदायमा जन्मिएका भए पनि उहाँहरुको कलाकारिता क्षेत्रमा उच्च योगदान छ पनि । तर पनि कतिपय हाम्रै समुदायका भएर पनि स्पष्ट आफ्नोपहिचान दिएर कलाकारिता क्षेत्रमा जम्नुभएको छ । आफू जस्तै उत्पीडनमा परेका समुदायका लागि केही गर्नुपर्छ । भन्ने भावना भन्दा पनिघमण्डपन देख्दा वा चेतनाको अभावले हो दलित भन्न हिच्किचाएको देख्दा मलाई साह्रै नमज्जा लाग्छ । फेरि पनि एउटा विषय केजगजाहेर छ भने नेपालको कलाकारिता क्षेत्रमा दलित समुदायबाट भएर राष्ट्रिय ख्याति कमाउन सक्ने खुबी देख्दा अत्यन्तै गर्वको महसुसहुन्छ । यस्तै जबरजस्त विकास एक किसिमको (हेजीमोनी) दबदबा हाम्रो समुदायबाट राजनीतिक लगायत अन्य क्षेत्रमा पनि भए कतिसानदार हुँदो हो । अर्थात् हाम्रो विभेद विरुद्धको अभियान कति सशक्त र प्रभावकारी हुँदो हो । म यो किन भनिरहेको छु भने महानायकलेचलाएको जातको प्रश्नमा डा. बाबुराम भट्टराईले भनेजस्तो एउटा बच्चाले पनि नरुँदासम्म आमाले दुध खुवाउँदिनन् । त्यस्तै दलितसमुदायले हामीलाई जातिय उत्पीडन, शोषण र दमन भयो । अमानवीय र पशुवत निच व्यवहार भयो भनेर जबसम्म रुँदैनन्, चिच्याउँदैनन्। आफ्नो आवाज बुलन्द गर्दैनन्, त्यति जातको प्रश्न हाम्रो समाजमा व्याप्त रहने हो । अहिले हाम्रो संविधानमा दलितमाथिको विभेद कुनैपनि किसिमको कुनै पनि ढंगले गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा ज्युँकात्युँ रहनु हो । जस्तो एउटा गतिलो उदाहरण गण्डकीप्रदेशको स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ४ को हो । एकजना वि.क. थरका केटाले क्षेत्री थरकी केटीलाई विवाहगर्छन् । त्यो पनि प्रेम विवाह । यहाँ सवाल छ, केटीको उमेर १७ वर्ष भन्नुको मतलव हाम्रो कानूनअनुसार विवाह गर्न योग्य उमेर २० वर्षहुनुपर्छ । त्यही कमजोर पक्षमा टेकी केटी पक्षका कथित उच्च जातकाले नाबालिका विवाह ग¥यो भनि उजुरी दिँदा ती केटो जेलजानुप¥यो । त्यो विषय उनीहरुको अगाध प्रेम र प्रहरीले उनलाई जेल लैजाँदै गर्दा देखियो । उनको प्रेमिकाले अँगालो हालेर रोएको कारुणिक दृश्य सामाजिक सञ्जालमा गत महिना भाइरल भएको थियो । यहाँ भन्न खोजिएको उमेर नपुगेका केटाकेटी तर सजातीय विवाह अर्थात् कूल जात धर्म सबै हेरेर गरिने विवाह कति हुन्छन्, हुन्छन् । त्यसको समाजमा कुनै चासो हुँदैन । अझै तराईको जिल्लामा तकेही साल अगाडि माननीयले ७ वर्षको बालिकासँग विवाह गरेको कुरा पनि बाहिर आएकै हो । खै माननीयलाई कानूनी कारवाही भयोभएन पंक्तिकारलाई कुनै जानकारी रहेन । तर जब एउटा दलितले चाहे स्याङ्जाका ती निर्दोष भाइ हुन या रुकुमका नवराज एउटालेज्यानै गुमाउनुपर्ने, अर्कोले विवाह गर्दा जेल चलान हुनुपर्ने । कठै हाम्रो २१औं शताब्दीको आधुनिक समाज हामीलाई दिक्क लागेर आउँछ। त्यसैले डा. सापले संवादमै हामी सबैले कामी लेखी दिउँ भनेको होला सायद । कानून बनाएर पनि नहुने, संविधानमा अधिकार दिँदापनि नहुने ।
अन्तमा, जस्तो पूर्व प्रम शेरबहादुर देउवाको संश्लेषणमा दलितलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गरेर भए पनि अधिकार र विभेदबाट मुक्तगर्नुपर्छ भन्ने विचार अभिव्यक्त गर्नुभएको छ भने डा. बाबुराम भट्टराईले भएका नियम कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न र थपअधिकार हासिल गर्न पहिला दलित नै जागरुक हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । पक्कै पनि यस्तै खाले सोच, विचार र अन्यविशिष्ट महानुभावहरुबाट आउने छ । जसले सबै विचारहरुको संश्लेषण गरी दलितमाथि हुने कथित छुवाछुत अन्त्य गर्न वैचारिकहतियारको काम गर्नेछ ।
त्यसकारण एउटा जातिय भेदभाव र छुवाछुत अन्त्यको निम्ति विभिन्न उपायमध्ये एउटा महत्वपूर्ण सवाल यो पनि हो । राज्य, सरकार, नियम, कानून र महानायक जस्तै साँच्चिकै सामाजिक अभियन्ताले चलाए जस्तै जातको प्रश्न सवालमा विशिष्ट व्यक्तित्वहरुसँगलिइएको अन्तरवार्ता । नकी सामाजिक सञ्जालमा भाइरल भएर आफू पपुलर बन्नलाई वा सेलीब्रेटी बन्नलाई अपनाउने हतकण्ठा हो यो। हुन त कार्यकर्मलाई लिएर आज भोली केही दरिद्र सोच भएका खास गरी जातिय बिभेदलाइ कायम गर्न चाहनेहरु बाट समताफाउन्डेसन लाई क्रिस्चिनियटि संग जोडेर बिभिन्न अपबाह फैलाउने र जागरणको यो कार्यक्रमम नै बन्द गराउने कुचेष्टा गरिएको पनि छतर यो कुचेष्टाको बिरुद्द देशै भरी प्रगतिशिल चेतना बोकेका मान्छेहरुको सचेत प्रतिबाद पनि कमजोर छैन आशा छ महानायकले यो सत्य र न्यायको कर्ममा हरेश खानु हुनेछैन।हामीले सगौरब भन्न पाउॅनेछौ महानायकले साँच्चिकै महानायक महानायक हुनुहुन्छ भनेर।उहाँको जीवनको उत्तराद्र्धमा नेपालमा ६० लाख दलित समुदायका लागि महत्वपूर्ण कदम चाल्नुभएको छ मलाई लाग्छ यस कदमले नेपालको दलितहरुमाथि हुने दिनहुँजसोको हत्या, हिंसा, केवल जातकै कारणले र अर्को सेकेण्ड–सेकेण्डमै हुने अपमान, घृणाबाट मुक्तगराउने अभियानमा ईट्टा थप्ने छ र हाम्रो समाजमा रहेको जातिय छुवाछुत जस्तो कलंक र कुसंस्कार सदाका लागि अन्त्य हुनेछ ।साँच्चिकै समाजबाट जातको प्रश्नको सवाल नै अन्त्य हुनेछ ।
– टेकबहादुर विश्वकर्मा, लेखक (नेकपा गण्डकी प्रदेश कमिटि सदस्य एवम् (दलित मुक्ति मोर्चाका कार्यालय सदस्य) हुनुहुन्छ।