एजेन्सी । कोरोना भाइरसको परीक्षण अब एक मिनेटमै हुने भएको छ । एक मिनेटभित्रै रिपोर्ट तपाईँको हातमा पर्ने भएको छ । सिंगापुरले यस्तो प्रविधिको बिकास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्रेथोनिक्स नामक कम्पनीले विकास गरेको यो प्रविधिबाट ६० सेकेण्ड अर्थात १ मिनेटमै कोरोना परीक्षण रिपोर्ट प्राप्त गर्न सकिनेछ । श्वास परीक्षण गरेर यो विधिबाट १ मिनेटमै कोरोना परीक्षण गर्न सकिने सिंगापुरको नेसनल विश्वविद्यालयले जनाएको छ ।
एक मिनेटमै कोरोना परीक्षण गर्ने विधिको विकास कम्पनीका लागि नेसनल विश्वविद्यालयका विद्यार्थी डा.जिया युनान र दु फाङले मिलेर गरेका थिए । यो विधि पिसिआर भन्दा धेरै प्रभावकारी छ । यसको प्रभावकारीता ९० प्रतिशत भन्दा धेरै रहेको विश्वविद्यालयले जनाएको छ ।
यो विधिको प्रयोग कुनै ल्याबमा नभएर परीक्षण स्थलमै गर्न सकिन्छ ।