Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७७ बिहिवार • २१:११:५३ बजे
  • 1.7K
    SHARES
  • रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

    पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । स्पेनिस मिडिया मार्काका अनुसार इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोलको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो ।

    images

    अक्टोबर १३ मा ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पोजिटिभ भएका उनमा कुनै लक्षण देखिएको थिएन ।

    पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएपछि रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना र खास प्रतिद्वन्द्वी लियोनल मेस्सीविरुद्धको खेल गुमाउने भएका छन् ।

    युभेन्टसले बार्सिलोनासँग च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी बुधबार हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ ।

    यूईएफए र इटालियन स्वाथ्य मापदण्डअनुसार कोरोनामुक्त भइ एक साता क्वारेन्टाइन बसेपछि मात्र खेलाडीले खेल खेल्न पाउनेछन् । अब कोरोना रिपोर्ट नेगेटिभ आएपनि रोनाल्डोले बार्सिलोनासँगको खेल खेल्ने छैनन् ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology