शेरबहादुर परियार,युरोप /“नेपाली भाषा,साहित्य कला र संस्कृतिको संरक्षण गरौं,नेपाली सर्जक र तिनका सृजनाहरुलाई माया र सम्मान गरौ “ भन्ने सन्देशका पर्याय बनेका युरोपमा क्रियाशिल पत्रकार तथा साहित्यकार वाइबी गुरुङ्गको "धेरै पछि"
बोलको गीत सार्वजनिक भएको छ।
"धेरै पछि उनको गाउमा पाईला टेकें मैले थाहै नपाई पिरतिको गीत लेखेँ मैले" गीतमा यी प्रेममय मार्मिक शब्दहरु गितकार गुरुङ्गले लेखेका हुन्। गीतमा संगीत शंकर थापाको छ भने स्वर नेपालकै स्माइली गायक राजु लामाको रहेको छ।
दश म्युजिक मार्फत भिडियो सार्वजनिक भएको गितमा रक्षा थापा र गायक राजु लामाको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशक गणेश शाही र प्रोड्युसर हिरा गुरुङ्ग छन्।
नेपाल पत्रकार महासंघ युरोपको सचिव, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको पूर्व अध्यक्ष तथा आजीवन सदस्य,फोनिज युरोप अध्यक्ष लगायत युरोपका विभिन्न संघसंस्थामा आवद्ध गितकार गुरुङ्गको गितमा अगाध मायालाई कुनै छेकबारले पनि छेक्न नसक्ने र सच्चा मायाको सामु जातिय विभेदको पर्खाल गौण हुने सन्देश दिएको छ ।