Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि भारतीय च्यानलहरु बन्द हुने

नेपालमा आजदेखि एक सय २० वटा बढी विदेशी भारतीय च्यानलहरु बन्द हुने

नेपालमा आजदेखि एक सय २० वटा बढी विदेशी भारतीय च्यानलहरु बन्द हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७७ शुक्रवार • १०:१०:५७ बजे
  • 5.8K
    SHARES
  • नेपालमा आजदेखि एक सय २० वटा बढी विदेशी भारतीय च्यानलहरु बन्द हुने

    नेपालमा आजदेखि क्लिनफिड लागू हुने भएकोछ । जसका कारण करीब एक सय २० वटा बढी विदेशी त्यसमा पनि अधिकांश भारतीय च्यानलहरु बन्द हुने भएका छन् । क्लिनफिडका लागि सम्पूर्ण तयारी भईसकेको सञ्चारमन्त्री पार्वत गुरुगंले जानकारी दिएका छन् ।
    क्लिनफिडमा नेपाली केवल सेवा प्रदायकहरुले शुल्क तिरेर विज्ञापन रहित रुपमा लिएका च्यानल बाहेककाहरु आजबाट बन्द हुने छन् । समाचार, खेलकुद जस्ता च्यानलहरु आजबाट प्रशारण नहुने भएको छ । उनीहरुले विज्ञापन रहित प्रशारणको तयारी गरीनसकेकाले ती बन्द हुनेछन् ।

    नेपालमा हेरिने अधिकांश विदेशी च्यानलमा भारतीय च्यानलहरु रहेका छन् ।गत वर्ष आएको विज्ञापन ऐनमा कार्तिक आठ गतेदेखि क्लिन फिड लागु हुने व्यवस्था गरिएको थियो। सोही व्यवस्था अनुसार शुक्रवारदेखि क्लिन फिड लागु हुने छ। शुक्रवारदेखि जम्मा ३२ वटा विदेशी च्यानल मात्रै प्रसारण हुने छ।

    अधिकांश भारतीय च्यानलमा सोनी र जी टिभीका मात्रै हुनेछन् । उनीहरुले क्लिनफिडको तयारी गरीसकेका छन् । कतिपय विज्ञापन रहित च्यानल नेपाली केवल प्रशारकहरुले खरीद गरेको हुनाले उनीहरु बन्द हुने छैनन् । क्लिन फिड नदिने च्यानल आजबाट बन्द हुने केवल अप्रेटरहरुले बताएका छन् ।

    नेपालमा एक सय वटा सशुल्क च्यानल र १२० वटा निःशुल्क च्यानल प्रसारण हुँदै आएका थिए। क्लिन फिडमा भविष्यमा च्यानल थपिदै जाँदा शुल्क पनि उपभोक्ताले बढाउदै जानु पर्ने देखिएको छ ।
    अहिले च्यानल घट्दा पनि मुल्य नघटाउने तयारी गरेका व्यवशायीले आउने दिनमा च्यानल थपिदै जाँदा शुल्क पनि बढाउदै जाने तयारी गरेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology