नेपालमा कोरोनाबाट मृत्यु हुनेको सरदर संख्या बढेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ स्य ३३ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणले ८ सय ४२ जनाको ज्यान गएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।