काठमाडौंमा युवक र युवती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी दक्षकुरमार बस्नेतका अनुसार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९, पेप्सीकोलास्थित एक घरको कोठाभित्र सलको पासो लगाएर मृत्यु भएको अवस्थामा युवक र युवती फेला परेका हुन्।‘उनीहरू लिभिङ टुगेदरमा बसेको बुझिएको छ,’ बिहीबार बिहान डीएसपी बस्नेतले भने, ‘भाडामा लिएको आफ्नै कोठाभित्र एउटै सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिए।’
डीएसपी बस्नेतले घटना गम्भीर रहेको र हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए। साथै उनले मृतककाे नाम खुलाउन मानेनन्। ‘घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको छ, अहिले नाम खुलाउन मिल्दैन,’ उनले भने। तर प्रहरी स्रोतका अनुसार उनीहरू ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीया अस्मिता थापा भएको बुृझिएको छ।