Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जवानीको उन्नमातले  बनायो जीवनको अन्त्य

जवानीको उन्नमातले  बनायो जीवनको अन्त्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७७ सोमवार • ०८:२२:५६ बजे
  • 3.2K
    SHARES
  • जवानीको उन्नमातले  बनायो जीवनको अन्त्य
    कमल (तिलक भण्डारी)

    प्रवासमा रोजगारीको शिलशिलमा धैरै जोखिम बहन गनुपर्ने हामी सबै नेपालीको बाध्यता हो । जुन जोखिम अबलम्बन गरीएको छ,त्यो किन र के का  लागी त्यो प्रमुख बिषय हो । ब्यक्तिगत बिकाशको लागी सिपमुलक र सुरक्षाको मापदण्ड पालन गरी गरीने कार्यले पक्कै पनि सबै नेपालीको भविष्य  उज्जल र परिवारिक  समाजिक भौतिक निजि जीवनलाई सहज र सवलीकरण  बनाएको हुन्छ, यो राम्रो र सुखद पक्ष हो । 

    बैदेशिक रोजगारीको लागी यात्रा गर्नु सुखद पक्ष पक्कै पनि होइन, तर स्वदेशमा आफुले जीवनयापन गर्न असहज र अबसरबिहिन भएपछि गाँस बास कपास शिक्षा र स्वास्थ्यको लागी अनिवार्य घरदेशलाई छोडि प्रदेश जानु पर्ने हामी सबैको रहर होइन बाध्यता बनेको छ । यहि कहर बिचको दैनिकीलाइ ग्रहण गरी सर्घष गर्नु नै नेपालीको अनिर्वाय जस्तो भएको छ ।
    भविष्यको मिठो सपनालाई झोला भरी पोका पारी  परदेश हिडेको युवायुवती  किन कसरी यस्तो कुलत लतमा फसेर आफनो जीवन तहनहस बनाएका छन । यस्को जवल्न्त उदाहरण  हिजोको भएको अप्रिय घटनलाई लिन सकिन्छ । हामी किन र के का लागी हाम्रो उर्जा प्रबासमा खपत भएको छ, भन्ने जानकारी नभएको हो कि जवानीको  उन्नमातले छाडापन ल्याएको हो । बुझ्नै गाह्रो र रहस्यमय  छ । यहि भित्रको थोरै जवानीका कहानी पाठक मित्रलाई सूसूचित गर्ने जमर्को गरेको छु ।
    कुबेतमा हिजो मात्र भएको नेपाली चेलि हत्या प्रकरणले सामाजिक संजाल भाइरल भएको छ । राम्रो नराम्रो पक्ष बिपक्ष धैरै क्रिया प्रतिक्रया सोसल साइटमा देखिन्छ । बिदेशि नागरिक र हाम्री चेलि बिच भएको लिभिङ टुगेदरले आकाशको जुन जमिनमा झार्ने र सगरमाथा भन्दा माथि पुरयाउने सपना सहितको पोको अन्त्यमा हत्यामा परिणत भयो । तिम्रो जवानी पनि लुटयो सके जति लिन सक्ने सबै फाइदा लियो तर त्यसको नजरअन्दाजमा तिमी फसेको कहिल्य पनि महसुस भएन तिमीलाइ! 

    क्षणिक लाभको लागी जीवन बलिदान गनुपर्ने यो कस्तो बाध्यता हो। यो अत्यास लाग्दो र दया माया र करूणा पनि हरण भएको इन्डियन नागरिक सग बस्नु नै ठुलो भुल हो तिम्रो! भौतिक सुख र सुबिधाको नाफा नोक्सानले अल्प आयुमा नै ति घरमा भएका कलिला बच्चा बच्चि र तिम्रो पर्खाइमा बसेको श्रीमान बाबु आमा दाजुभाइ दिदिबहिनि आफन्त सबैबाट टाढा बनायो । 
    रोजगारीको लागी बिदेश आउनुपर्ने नेपाली सबैका लागी  जल्दाबल्दा समस्या हुन । तर त्यहि कठिन अबस्थालाई अबसरमा बदल्नु पर्ने समयमा क्षणिक लाभको लागी गरीने निर्णयले जीवनलाई आगोको भूमरीमा हाल्नु चाहि भूल होइन महाभूल हो । 
    एकपटक सबैले मनन गनुपर्ने बिषय घाम जस्तै र्छल्ङग भएको छ । एक जनाले गर्दा सिङगो समाजलाइ नै कंलकको टिका लगाउने काम कसैबाट हुन हुदैन! गत बर्ष पनि माया गुरूङ खेम बहादुर बिक बिचको प्रेम सम्बन्ध त्यसपछि मायाले खिमको हत्या गरेको सूचना प्रकाशित भएको थियो । यस्को अगावै कलि युगका अवतार शुनिल बिक र रूपा बिक बिचको सोसल साइटको भाइरलले पनि हामी सबै सजग हुनुपर्ने देखिन्छ । आगो र पानी जिवको जीवन चक्रलाइ एकपटक हामी सबैले मनन गनुपर्ने देखिन्छ । आगो पानी कबज पनि हो भने जीवनको अन्त्य पनि हो । त्यसकारण यस्को तितो सत्यलाइ ग्रहण गर्ने प्रयत्न गर्ने कि!   
    अन्त्यमा सगरमाथा भन्दा अग्लो र हिमालको हिउ भन्दा चमकिलो जीवन बनाउने सबैले प्रयत्न गरौ यसैमा सबैको भलो होला र बिदेशी नागरिकसग लिभिङ टुगेदरमा बसेर घरमा भएका लाला बालालाई जीवनभरी बल्झिरहने घाउको दाग लगाउने कार्यलाई निषेध र सबल र पृथक जीवन ब्यतित गर्ने प्रयत्न जारी राखौ ।
    रोजिरोटिको शिलिशलमा केहि खराब प्रबृति देखिए पनि धैरैको परिवारिक  जीवन मूलभुत रूपमा रूपान्तरण भएको छ । भावी  जिन्दगिको चिन्तन भएका धैरै नेपाली आफ्नो  भबिष्य उज्जल मात्रै होइन कुशल र कर्मठको पगरी पनि पाएका छन । त्यसकारण खराबलाई निषेध र राम्रोलाई बजारीकरण हामी सबैको आजको आबश्यकता हो ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology