Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा

अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७७ मंगलवार • ०८:२६:५१ बजे
  • 1.8K
    SHARES
  • अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा

    एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अष्ट्रेलियासँगको सिरिजका लागि टोलीको घोषणा गरेको छ । भारतले अष्ट्रेलियामा ४ टेष्ट, समान तीन/तीन खेलकाे एकदिवसीय र टी-२० सिरिज खेल्नेछ ।

    images

    चार खेलको टेष्ट (बोर्डर गवास्कर) सिरिजका लागि बिसिसिआईले सोमबार टोलीको घोषणा गरेको हो । टेष्ट टोलीमा लोकेश राहुल, कुलदीप यादवले पुनरागमन जनाएका छन् भने मोहम्मद सिराज पहिलो पटक १८ सदस्यीय टोलीमा परेका छन् ।

    सुनिल जोशीको नेतृत्वमा रहेको चयन समितिले २८ खेलाडीलाई तीन वटै ढाँचाको खेलका लागि छनोट गरेको हो । घोषित टोलीमा रोहित शर्मा र इशान्त शर्मा चोटका कारण परेका छैनन् । यसैगरी, चार जनालाई अतिरिक्त बलरको रुपमा समावेश गरेको छ । जसमा कमलेश नगरकोटी, कार्तिक त्यागी, इशान पोरेल र टी नटराजन रहेका छन् ।

    भुवनेश्वर कुमार, पन्त, शाँ एकदिवसीयमा छैनन्
    तीव्र गतिका बरल भुवनेश्वर कुमार आइपिएलमा खुट्टामा चोट लाग्दै बाहिरिएका भुवनेश्वर कुमार अष्ट्रेलिया भ्रमण टोलीमा छैनन् । उनको स्थान शार्दुल ठाकुरलाई बोलाइएको छ । यस्तै, विकेट किपर ब्याट्सम्यान ऋषभ पन्त तथा ओपनर पृथ्वीलाई पनि टोलीबाट बाहिर राखिएको छ । पन्तको स्थानमा लोकेश राहुललाई विकेट किपरको जिम्मेवारी दिइएको छ ।

    वरुण चक्रवर्ती पहिलो पटक टोलीमा, धवन र हार्दिकको पुनरागमन
    खेलाडी चयन समितिले तामिलनाडू र कोलकाता नाइट राइडर्सका मिस्ट्री बलर वरुण चक्रवर्तीलाई पहिलो पटक टी-२० टोलीमा समावेश गरेको छ । उनले आइतबार दिल्लीविरुद्धको खेलमा पाँच विकेट लिएका थिए । यस्तै, न्युजिल्यान्डविरुद्धको खेलमा बाहिर रहेका दीपक चाहर, हार्दिक पाण्ड्या, मयंक अग्रवाल र शिखर धवन पनि टोलीमा परेका छन् भने शिभम् दुवे, कुलदीप यादव र ऋषभ पन्तले टी-२० गुमाएका छन् ।

    टेष्ट टोली
    विराट कोहली(कप्तान) मयंक अग्रवाल, पृथ्वी शाँ, लोकेश राहुल, चेतेश्वर पुजरा, अजिङ्क्य रहाने, हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान साहा, ऋषभ पन्त, जसप्रित बुम्राह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, मोहम्मद सिराज
    एकदिवसीय टोली
    कोहली(कप्तान) शिखर धवन, शुभमन गिल, लोकेश राहुल, श्रेयास आयर, मनिष पाण्डे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, युजवेन्द्र चाहल, कुलदीप यादव, जसप्रित बुम्राह, मोहम्मद शामी, नवदीप सैनी, शार्दुल ठाकुर
    टी-२० टोली
    कोहली(कप्तान) शिखर धवन, मयंक अग्रवाल, लोकेश राहुल, श्रेयास आयर, मनिष पाण्डे, हार्दिक पाण्ड्या, सञ्जु सामसन, रविन्द्र जडेजा, वासिङटन सुन्दर, युजवेन्द्र चाहल, जसप्रित बुम्राह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चाहर, वरुण चक्रवर्ती

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology