Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नासाले चन्द्रमामा फेला पार्यो पानी

नासाले चन्द्रमामा फेला पार्यो पानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७७ मंगलवार • १२:२१:५१ बजे
  • 1.9K
    SHARES
  • नासाले  चन्द्रमामा फेला पार्यो पानी

    एजेन्सी कार्तिक ११ । नासाका वैज्ञानिकहरुले चन्द्रमामा पानी फेला पारेका छन् । सुर्यको किरणमा खोजी गर्दा चन्द्रमाको चिसो तथा तातो दुबै सतहमा पानी फेला परेको नासाले जनाएको छ ।

    चन्द्रमाको दक्षीणी गोलाद्र्धमा पानी फेला परेको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमामा पानी पत्ता लगाएको हो ।
    पानी भेटिएको क्रेटरलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images

    भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । हावा नभएको स्थानमा पनि कसरी पानी भेटियो भन्ने वैज्ञानिकरुका लागि थप अनुसन्धानको बिषय बनेको छ ।
    अव वैज्ञानिकहरुले चन्द्रमाको अन्य भागमा पनि संभावित पानीको खोजी गर्ने र कसरी एक भागबाट अर्को भागमा लैजान सकिन्छ भनेर अनुसन्धान गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology