Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ बडिगाडकी सुत्केरी महिलाअत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार,शिशुको मृत्यु

बागलुङ बडिगाडकी सुत्केरी महिलाअत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार,शिशुको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७७ मंगलवार • १३:३१:५७ बजे
  • 1.5K
    SHARES
  • बागलुङ बडिगाडकी सुत्केरी महिलाअत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार,शिशुको मृत्यु
    बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो । 

    घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । तर, अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कँडेलले बताए ।

    अहिले बच्चालाई बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको उनले जानकारी दए । सुत्केरी पुष्पा र श्रीमान् इमानसिंह श्रीस दुवैजना पेशाले शिक्षक हुन् । दुर्गममा रहेका महिलाको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो । 

    दसैंको दिन भएकाले धेरै चूनौती भएपनि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बुर्तिवाङ स्वास्थ्य केन्द्रको विशेष पहलमा उद्धार गरिएको कंडेलको भनाइ छ ।बागलुङ भौगोलिक रुपमा विकट जिल्ला भएकाले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा यहाँका गर्भवति तथा सुत्केरी महिलाले बर्षेनि जटिल मातृ स्वास्थ्यसमस्या भोग्दै आएका छन् । यसवर्ष मात्रै एक दर्जन बढीको हेलिकोप्टरमार्फत उद्धार गरिसकिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology