Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोहोरिएको काेरोना संक्रमण अधिक खतरनाक

कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी समाप्त भएपछि दोहोरिएको काेरोना संक्रमण अधिक खतरनाक

कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी समाप्त भएपछि दोहोरिएको काेरोना संक्रमण अधिक खतरनाक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७७ बुधवार • १३:१२:३५ बजे
  • 2.7K
    SHARES
  • कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी समाप्त भएपछि दोहोरिएको काेरोना संक्रमण अधिक खतरनाक

    एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । यसबीच थुप्रै खाले अध्ययन अनुशन्धानहरु पनि भैरहेका छन । पछिल्लो समय दोहोरिएर कोरोना संक्रमण हुने क्रम बढ्दै गएको छ । शरीरमा हुने कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी समाप्त भएपछि कोरोना संक्रमण दोहोरिएको हो ।

    images

    लण्डनमा भएको पछिल्लो अध्ययनबाट यस्तो खुलासा भएको हो । अध्ययन अनुसार लक्षण देखिएका संक्रमित विरामीको तुलनामा बिना लक्षणका विरामीहरुको शरीरमा रहेको एन्टिबडी छिटो समाप्त हुन्छ । यस्तो अवस्थामा कोरोना संक्रमण दोहोरिने प्रबल सम्भावना रहन्छ ।

    ईम्पेरियल कलेज लण्डन र मार्केट रिसर्च फर्म ईम्पोसिस मोरीले यस्तो अध्ययन गरेको हो । ७५ बर्ष या यसभन्दा बढी उमेरका कोरोना संक्रमित विरामीहरुभन्दा १८ देखि २४ बर्ष समुहका संक्रमित विरामीहरुको एन्टिबडी समाप्त हुने गति कम भएको अनुशन्धानमा संलग्न ईम्पेरियल कलेज र ईम्पोसिस मोरीका अनुशन्धानकर्ताहरुले दावी गरेका छन ।

    जुन महिनाको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म ईङ्ग्ल्याण्डमा संकलन गरिएका लाखौं कोरोना संक्रमित विरामीहरुको नमुनाको अध्ययनले शरीरमा एन्टिबडी भएकाहरुको संख्या लगभग ३ महिनाको अवधिमा २६.५ प्रतिशतले कमी आएको पुष्टि भयो । २० जुनदेखि २८ सेप्टेम्बरसम्म गरिएको यो अध्ययनमा ३ लाख ६५ हजार बयस्कहरु सहभागी भएका थिए । उनीहरुको ३ पटकसम्म एन्टिबडी परीक्षण गरिएको थियो ।

    मानिसको शरीरमा लामो समयसम्म एन्टिबडी रहने भन्ने विषयमा हालसम्म कुनै पुष्टी नभएको अनुशन्धानकर्ताहरुले बताएका छन । ब्रिटेनका सहायक स्वास्थ्य मन्त्री जेम्स बेथेलले कोरोना भाइरसविरुद्ध विकसित हुने एन्टिबडीका बारेमा जान्न र बुझ्न यो अध्ययन सहयोगी सावित हुने बताए ।

    इम्पेरियल कलेज लण्डनको स्कुल अफ पब्लिक हेल्थका एक विज्ञ पाल एलियटले भने, “शरीरमा एन्टिबडीको उपस्थिति कति मात्रामा रहन्छ ? र इम्युनिटी कहिलेसम्म रहन्छ ? भन्ने विषय अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।”

    एन्टिबडी भएकाहरुको संख्या २६.५ प्रतिशतले कमी हुनुको अर्थ देशमा एन्टिबडी भएकाहरुको संख्या ६ प्रतिशतले घटेर ४.४ प्रतिशतमा पुगेको अनुशन्धानकर्ताहरुले बताएका छन । यस अध्ययनका एक लेखक हेलेन वार्डले बताए अनुसार यो अध्ययन एक बृहत अध्ययन हो ।

    यो अध्ययन अनुसार एन्टिबडी भएकाहरुको संख्या दिनानुदिन घट्दै गैरहेको छ । यस्तो अवस्थामा आफ्नो र अरुको स्वास्थ्यका लागि सजग हुन सबैखाले सावधानीहरु अपनाउनु पर्ने हेलेन वार्डलाई उद्धृत गर्दै मेडिकल एक्स्प्रेसले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology