Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरको सेवा बिहीबारदेखी सञ्चालनमा आउने

पोखरा महानगरको सेवा बिहीबारदेखी सञ्चालनमा आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७७ बुधवार • १९:२७:२६ बजे
  • 1.2K
    SHARES
  • पोखरा महानगरको  सेवा बिहीबारदेखी सञ्चालनमा आउने

    पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखी सञ्चालनमा आउने भएको छ । महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखी बन्द सेवा कात्तिक १३ गतेदेखी सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

    images

    कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो । महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology