Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाबाट १७६ जना नेपालीलाई देश निकालाको गर्न आदेश

अमेरिकाबाट १७६ जना नेपालीलाई देश निकालाको गर्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७७ शुक्रवार • ०९:१९:१६ बजे
  • 1.9K
    SHARES
  • अमेरिकाबाट १७६ जना नेपालीलाई देश निकालाको गर्न आदेश
    आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् । १७१ जना नेपालीहरुले एसाइलम दावी गरेका थिए भने ५ जनालाई भने आपराधिक पृष्ठभूमिका कारण देशनिकालाको आदेश दिइएको थियो । देशनिकालाको आदेश पाउनेहरु न्युयोर्कमा सबैभन्दा धेरै ७७ रहेका छन् ।
    न्युयोर्क सिटीको अदालतबाट ५३ जना, ब्रोडवेबाट ८ जना र भेरिक स्ट्रीटबाट ७ जनालाई देशनिकालाको आदेश दिइएको हो । न्युयोर्कपछि क्यालिफोर्नियाबाट २२, टेक्सासबाट १६, लुजियानाबाट १२, मिनिसोटाबाट ११, जर्जियाबाट ११, भर्जिनियामा ६ जनालाई नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ । त्यस्तै मेरिल्याण्डमा ५, मासाचुसेट्समा ५, न्यु मेक्सिकोमा ३, कोलोराडोमा ३, वासिंटनमा १, न्युजर्सीमा १, पेन्सिलभेनियामा १, फ्लोरिडामा १ र इलिनोयमा १ जना नेपालीलाई देशनिकालाको आदेश दिइएको छ । गत आर्थिक बर्ष २०१९ मा ३७१ जना नेपालीहरुले अध्यागमन अदालतबाट देशनिकालकाको आदेश पाएका थिए ।
    गतबर्षको तुलनामा यो बर्ष अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु कम रहेका छन् । यद्यपी कोरोनाको महामारीपछि मार्चको तेश्रोसातादेखि कोरोनाको महामारीका कारण अदालतमा हिराशतमा हुनेहरुबाहेक अन्यका सुनुवाईहरु स्थगित भएका छन् । अमेरिकाको इतिहासमा नै नेपालीहरुले सबैभन्दा धेरै आर्थिक बर्ष २०१९ मा अदालतबाट देशनिकालाको आदेश पाएका थिए । सन् २०१८ मा २३२ जना र सन् २०१७ मा १४९ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । सन् २०१५ मा नेपालीहरुले टीपीएस पाएपछि आर्थिक बर्ष सन् २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरु निकै कम रहेका थिए । त्यतीबेला जम्मा १२१ जना नेपालीहरुले देशनिकालाको आदेश पाए ।
    किनभने टीपीएस स्वीकृत गरेको अवधि भन्दा अगाडि अमेरिकामा रहेका नेपालीहरुलाई देशनिकाला गर्न नपाइने भएकाले उनीहरु देशनिकाला हुनबाट बचेका हुन् । सन् २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरु सन् २००४ पछिकै सबैभन्दा कम रहेका थिए । किनभने सन् २००५ मा १२७ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए भने त्यसपछि यो संख्या हरेक बर्ष बढेको थियो । सन् २००४ मा भने देशनिकालाको आदेश पाउने नेपालीहरु ९८ जना रहेका थिए ।
    आर्थिक बर्ष २०२० मा देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या १७६ रहेपनि वास्तविक देशनिकाला हुनेहरु भने त्यो भन्दा कम रहेका छन् । देशनिकालाको आदेश पाइसकेपछि पनि पुनरावेदन गर्ने नेपालीहरु पनि रहेका छन् । त्यस्तै कतिपयले आइसकै हिराशतमा रहेका बेला देशनिकालाको आदेश पाएका छन् भने कतिपय स्वयंसेवी रुपमा अमेरिका छाड्नुपर्ने आदेश पाएका छन् । (खसोखासबाट)

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology