Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

खुसीको खबर वैज्ञानिकहरु कारोना भाइरसको बृद्धि र संक्रमण रोक्न सफल

खुसीको खबर वैज्ञानिकहरु कारोना भाइरसको बृद्धि र संक्रमण रोक्न सफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७७ शुक्रवार • ०९:२३:०२ बजे
  • 2.7K
    SHARES
  • खुसीको खबर वैज्ञानिकहरु कारोना भाइरसको बृद्धि र संक्रमण रोक्न सफल
    वैज्ञानिकहरु कारोना भाइरसको बृद्धि र संक्रमण रोक्न सफल प्रकाशित मिति : 30 October, 2020 7:48 am 157 Shares facebook sharing buttontwitter sharing buttonemail sharing buttonsms sharing buttonsharethis sharing button एजेन्सी । कोरोना संक्रमणको महामारी जारी रहेकै बेला अमेरिकी वैज्ञानिकहरुले अर्को एउटा सफलता हात पारेका छन ।

    यो सफलताबाट कोरोना भाइरसले आफुजस्तै थुप्रै घातक भाइरस जन्माउने प्रकृयालाई अवरुद्ध पार्छ । वैज्ञानिकहरुको यो नयाँ सफलताले मानवीय रोगप्रतिरोधी प्रणालीलाई ध्वस्त पार्ने कोरोना भाइरसको प्रोटिनमा अवरोध सिर्जना गर्छ । यो विधिको प्रयोगबाट कोरोना भाइरसले अन्य घातक भाइरसहरु जन्माउन सक्दैन ।

    यो विधि कोरोना भाइरसविरुद्धको औषधि विकास गर्न सहयोगी सावित हुने अनुशन्धानकर्ताहरुले विश्वास गरेका छन । यो अनुशन्धान अमेरिकाको सेन एन्टोनियास्थित युनिभर्सिटी अफ टेक्ससको हेल्थ साइन्स सेन्टरका वैज्ञानिकहरुले गरेका हुन । कोरोना भाइरसको संख्या बृद्धिमा अवरोध पुर्याउने यो विधिमा वैज्ञानिकहरुले दुईवटा अणुको विकास गरेका हुन । यी अणुले कोरोना भाइरसले प्रयोग गर्ने सिजर एन्जाइमलाई रोक्छ । यसलाई SARS-CoV-2-PLpro भनिन्छ ।


    SARS-CoV-2-PLpro ले भायरल र मानव कोशिकाहरुमा हुने प्रोटिनमा संक्रमण बढाउँछ । हेल्थ साईन्स सेन्टरको बायोकेमिस्ट्री एवं स्ट्रक्चरल बायोलोजीका एसोसियट प्रोफेसर शन के अल्सनका अनुसार सिजर एन्जाइमले कोरोना भाइरसको संख्या बढाउने र तीब्र गतिकासाथ संक्रमण फैलाउँल सहयोग गर्छ ।

    उनले भने, “यो एन्जाइमले मानव शरीरमा संक्रमण बढाउने आफु जस्तै अन्य थुप्रै कोरोना भाइरसहरु उत्पादन गर्न सघाउँछ ।” प्रोफेसर अल्सनका अनुसार यो एन्जाइमले कोरोना भाइरसको संक्रमणविरुद्ध आक्रमण गर्न मानव इम्युन सिस्टमलाई संकेत दिने सिटोकाइन्स र किमोकाइन्स जस्ता अणुहरुमा पनि अवरोध उत्पन्न गराउँछ । प्रोफेसर अल्सनका अनुसार SARS-CoV-2-PLpro ले ubiquitin र ISG15 जस्ता मानव प्रोटिनलाई नष्ट गर्छ ।


    यो अध्ययनबाट वैज्ञानिकहरुले SARS-CoV-2-PLpro को गतिविधिलाई रोक्न सक्षम एक अवरोधक अर्थात ढालको विकास गरेका हुन । यो अवरोधकले मानव कोशिकाहरुमा भएका प्रोटिनलाई कुनै हानी पुर्याउँदैन । यसले केवल भायरल एन्जाइमलाई मात्रै रोक्छ । यो सफलता कोरोना भाइरसविरुद्धको निर्णायक कदम भएको प्रोफेसर अल्सनलाई उद्धृत गर्दै भ्वाइस अफ हेल्थ केयरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology