Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

म्याग्दीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

बादल शाही

बादल शाही

कार्तिक १४, २०७७ शुक्रवार • १४:०२:२९ बजे
  • 3.9K
    SHARES
  • म्याग्दीमा जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर
    म्याग्दी ध १ ज ८९६ नम्बरको जीप रघुगंगा गाउँपलिका ६ ठाडाखानी बाट सदरमुकाम बेनी आउदै गर्दा बेनी गलेस्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जनाको अवस्था गम्भीर भएको म्याग्दी जिल्ला प्रहरी कार्यलयले जनाएको छ । स्रोतका अनुसार गम्भीर ३ जनालाई थप उपचारको लागि पोखरा लगिएको छ ।
    received_702353240699518.jpeg
    मृत्यु हुनेमा अन्नपूर्ण गाउपालिका वडा नं २ कि १० वर्षीय बालिका रीया बिक  रहेकी छिन् । उनी मामाघर टीका लगाएर फर्कंदै थिईन । साँघुरो सडकमा घुम्तिमा गाडी मोड्न नसकिएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।  

    जीपमा सवार  चालक सहित ११ जना मध्य सिकिस्त ३ जना ( ३० वर्षीय नन्दलाल छन्त्याल, ४२ वर्षीय दलप्रसाद गौचन र ८ वर्षीय दिक्ष्या  सेर्पुजा) लाई थप उपचारको लागि पोखरा लगिएको हो । चालक सहित ७ जनाको जिल्ला अस्पताल म्याग्दी बेनीमा उपचार भैरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology