Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एन्टिबडी

कोरोनालाई जितेका व्यक्तिको शरीरमा कम्तिमा ५ महिनासम्म रहन्छ : एन्टिबडी

कोरोनालाई जितेका व्यक्तिको शरीरमा कम्तिमा ५ महिनासम्म रहन्छ : एन्टिबडी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७७ शुक्रवार • २०:०२:३३ बजे
  • 2.1K
    SHARES
  • कोरोनालाई जितेका व्यक्तिको शरीरमा कम्तिमा ५ महिनासम्म रहन्छ :  एन्टिबडी
    एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा विश्वभर विभिन्न अध्ययनहरु भइरहेका छन् ।
    यसैबीच नयाँ अध्ययनले कोरोना भाइरसको संक्रमण भएर कोरोनालाई जितेका व्यक्तिको शरीरमा कम्तिमा ५ महिनासम्म एन्टिबडी रहने पत्ता लगाएको छ । जर्नल अफ साइन्समा प्रकाशित एक रिपोर्टकाअनुसार एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा कोरोनाविरुद्धको एन्टिबडी ५ महिनासम्म सक्रिय रहने गर्दछ ।
    अमेरिकाको माउण्ट सिनाई अस्पतालमा कार्यरत तथा शोधका लेखक फ्लोरियर क्रेम्मरले एन्टिबडी लामो समयसम्म व्यक्तिको शरीरमा रहने बताए । उनकाअनुसार सामान्य तथा मध्यम लक्षण देखिएका ९० प्रतिशत कोरोना संक्रमितको शरीरमा महिनौँसम्म एन्टिबडी कायम रहन्छ । जसले कोरोना भाइरसलाई निष्प्रभावी बनाउन काम गर्दछ ।
    अनुसन्धानका लागि उक्त अस्पतालमा शोधकर्ताहरुले ३० हजार ८२ नमूनाको परीक्षण गरेका थिए । जसमध्ये अधिक व्यक्तिमा एन्टिबडीको मात्रा पाइएको थियो । उक्त अध्ययनपश्चात उनीहरुले संक्रमितको शरीरमा ५ महिनासम्म एन्टिबडी रहने पत्ता लगाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology