Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेम सम्बन्ध बन्यो किशोर-किशोरीको काल

प्रेम सम्बन्ध बन्यो किशोर-किशोरीको काल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७७ शनिवार • १४:०४:२३ बजे
  • 1.8K
    SHARES
  • प्रेम सम्बन्ध बन्यो किशोर-किशोरीको  काल

    कैलालीको गोदावरीका १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउदको शव आज कञ्चनपुरमा फेला परेको छ । दुबैजना गएको असोज २८ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव फेलापरेपछि शव टेकबहादुर र सीताको भएको पुष्टि भएको छ ।

    images

    इप्रका झलारीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । शव नजिकै सल्फास नामक विषादीको बट्टा पनि फेला परेको छ । घटनास्थल पुगेका एक प्रहरी अधिकृतले प्रेम सम्बन्धका कारण दुबैजनाले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । तर, विस्तृत अध्ययन नगरीकन केही भन्न नमिल्ने उनको भनाइ छ ।

    कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमरबहादुर थापाले घटनाको अनुसन्धान सुरु भएको बताएका छन् । दुबैजना एकैपटक वेपत्ता भएपछि घरपरिवारले प्रहरीमा खोजिका लागि आग्रह गर्दै निवेदन दिएका थिए । टेकबहादुरका आफन्तले केही समयदेखि दुबैजना संगै हिड्ने गरेको र प्रेम सम्बन्धमा भएको हुनसक्ने बताएका छन् ।

    दुबैजनाको प्रेम सम्बन्धका बारेमा केटी र केटापक्षका केही आफन्तलाई जानकारी रहेको थियो । पारिवारीकरुपमा प्रेम सम्बन्धलाई अस्वीकार गरेका कारणले दुबैजनाले ज्यान गुमाएका हुनसक्ने गाउँलेले बताएका छन् । प्रहरीले घटनाकाबारेमा अनुसन्धान सुरु गरेकाले अहिल्यै कुनै कारण भन्न नसकिने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology