Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बेङ्गलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा

बेङ्गलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७७ मंगलवार • ०८:२६:०७ बजे
  • 1.8K
    SHARES
  • बेङ्गलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा

    इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै दिल्लीले क्वालिफायरमा मुम्बइसँगको भेट पक्का गरेको छ ।

    images

    १ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवन र अजिङ्क्य रहानेले अर्धशतकीय पारी खेले । धवनले ४१ बलमा ५४ तथा रहानेले ४६ बलमा ६० रन बनाए ।

    यस्तै मर्कूस स्टाेइनिस र ऋषभ पन्तले नटआउट १० र ८ रनकाे पारी खेले भने कप्तान श्रेयासले ७ रन बनाएका थिए ।

    यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्गलोरले ओपनर देवदत्त पडिक्कलको अर्धशतकीय पारीको मद्धतमा १ सय ५२ रन बनाएको थियो ।

    बेङ्गलोर पडिक्कलले ५०, एबी डि भिलियर्सले ३५, विराट कोहलीले २९, शिभम् दुबेले १७ तथा जोस पिलिपले १२ रन जोडे ।

    मध्यम सुरुवात गरेको बेङ्गलोरले ४.१ ओभरमा अष्ट्रेलियन ब्याट्सम्यान फिलिपलाई १२ रनमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका कप्तान कोहलीले पडिक्कलसँग ५७ रनको साझेदारी गर्दै टोलीको स्कोर ८२ रनसम्म पुर्याए । आउट हुन अघि कोहलीले २९ रन बनाएका थिए ।

    यसैगरी, टोलीको स्कोर १ सय १२ रन हुँदा लगतार दुई बलमा अन्तरालमा पडिक्कललाई ५० तथा अलराउन्डर क्रिस मोरिसलाई शून्य रनमा गुमाएको थियो । दुबैजनालाई एनरिच नोर्ट्जेले आउट गरे । यस्तै, १९औं ओभरको अन्तिम बलमा दुबेपनि रबडाको बललाई खेल्ने क्रममा डिप मिड विकेटमा रहानेद्वारा क्याच आउट भए । एबी डि भिलियर्स २०औं ओभरको दोस्रो बलमा दुई रन लिने क्रममा रनआउट हुन पुगे ।

    जितसँगै दिल्लीले १४ खेलबाट १६ अंक जाेडेकाे छ भने बेङ्गलाेरकाे १४ अंकमा सीमित रहँदै तेस्राे स्थानमा रहेकाे छ । बेङ्गलाेरले नेट रनरेटमा काेलकाताभन्दा माथि रहँदै प्लेअफमा स्थान पक्का गरेकाे हाे । मंगलबार लिग चरणकाे अन्तिम खेलबाट प्लेअफमा पुग्ने चाैथाे टाेलीकाे टुंगाे लाग्नेछ ।

    भाेली मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबादबीचकाे खेलमा हैदराबाद विजयी भएमा काेलकाता नाइट राइडर्स प्रतियाेगिताबाट बाहिरिने छ भने मुम्बइले जित हात पारेमा हैदराबाद समूह चरणबाटै घर फर्किनेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology