Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा कोरोनाको उच्च जोखिम सासॅद,नेता सहित थप १६ जनामा संक्रमण पुष्टी

म्याग्दीमा कोरोनाको उच्च जोखिम सासॅद,नेता सहित थप १६ जनामा संक्रमण पुष्टी

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

कार्तिक १९, २०७७ बुधवार • ०८:३५:३६ बजे
  • 1.8K
    SHARES
  • म्याग्दीमा कोरोनाको उच्च जोखिम सासॅद,नेता सहित थप १६ जनामा संक्रमण पुष्टी
    अघिल्ला कोरोना पोजिटिभ देखिएका ब्यक्तीहरुको कन्ट्याक ट्रेसिगंका आधारमा गरिएको कोरोना परिक्षण(pcr)मा मंगलबार मात्र म्याग्दीमा सासॅद,राजनितिक दलका नेता सहित थप १६ जनामा कोरोना पोजिटिभ पुष्टी भएको छ।

    प्रदेश सभामा म्याग्दी क बाट निर्बाचित सासंद बिनोद केसीले सामजिक संजालमा आफु कोरोना पोजिटिभ पुष्टी भएको र यो बिचमा सम्पर्कमा आउनु भएका सबैलाई सजक रहन अनुरोध गर्नु भएको छ।यसै गरी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिब तथा ब्यबासायी हरिकष्ण श्रेष्ठले पनी सामजिक संजालमा स्टाट्स लेख्दै आफु र परिवारका ४ सदस्यहरुमा कोरोना पोजिटिभ देखिएको र अहिले स्वास्थ्य  अबस्था सामन्य रहेको जानकारी दिदै सम्पर्कमा आउनु भएका सबैलाई सजक रहन अनुरोध गर्नु भएको छ।

    यसकारण बेनी बजारमा जोखीम बढ्यो

    कोरोना परिक्षणको पछिल्लो रिपोर्टहरुले बेनी बजारलाई कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ। जिल्लाका प्रतिष्ठित उधोगी,ब्यबासायी,सांसद र नेताहरुमा एकै पटक कोरोमा देखिए पछी यसको जोखिम जिल्लमा नै  उच्च रुपमा बढेको जानकारहरु बताउॅछन।दैनिक सयौ मान्छेहरु संग भेटघाट गर्नु पर्ने ब्यबासायी थुप्रै सार्बजनिक तथा  निजी कार्यक्रममा मान्छेहरु संग घुलमिल गर्नु पर्ने सासॅद र नेताहरुलाई नै कोरोना पुष्टी भए स्वभाबिक हिसाबले संक्रमित संग सम्पर्कमा हुने मान्छेहरु बड्ने र यसबाट संक्रमित को संख्या अझै धेरै हुन सक्ने र यस्ले गाॅउ बस्ती सम्म प्रभाब पार्न
    सक्ने देखिन्छ।

    लामो समय कोरोना संक्रमणको हिसाबले असाध्यै सुरक्षित  मानिएको यसको रोकथामका लागी बिभिन्न मोडेलहरु अपनाईएको भनेर प्रचार गरिएको म्याग्दी जिल्ला यसरी एकै पटक अझै जाने बुझैका मान्छेहरुमा नै देखिनुलाई स्थानियहरु सामन्य रुपले लिईएका छैनन।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology