Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

समृद्द देश: प्रदेशी युवाको चाहना

समृद्द देश: प्रदेशी युवाको चाहना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • ११:२४:५८ बजे
  • 3.5K
    SHARES
  • समृद्द देश: प्रदेशी युवाको चाहना

       नेपालमा रोजगारी प्रयाप्त अबसर नहुदा ६०/७० लाख युवाहरु रोजगारीको शिलसिलामा बिस्व भरीको विभिन्न देशहरुमा रोजगारि गर्न भुतारिनु परेको छ । मुख्य गरि रोजगारीको गन्तव्य क्षेत्र कतार दुबै साउदी कुबेत बहराइन गल्फ country GCC कोरिया मलेसिया युरोपियन अफ्रिकी ईत्यादी देशमा गएको छ्न । सायद नेपाली नपुगेको देश छैन होला । दुख – सुख धेरै थोरै पैसा कमाएर आफ्नो देशमा परिवार लाई लालनपालन शिक्षा स्वास्थ्य भौतिक सेवा सुबिधा प्रदान गर्नु अनि सानो घर बनाउनु नै नेपालीहरुको मुख्य उदेश्य हुने गरेको छ । 

    वैदेशिक रोजगारमा गएको नेपालीहरु आफ्नो परिवारको आर्थिक स्थिती बलियो बनाउन भबिस्यमा परिवार लाई सुख शान्ति दिने परिवारको सुनौलो भबिस्य एक सपना बोकेर गएको हुन्छन् । जुन सुकै प्रायोजनले  नेपालीहरु प्रबास तिर लागे पनि  बिदेशमा बिदेशी मुन्द्रा कमाई गरेर आफ्नो देशमा रेमिट्यान्स भित्र्याउने काम गरेको छ्न । बिदेश बाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्र उकास्न ठुलो सहयोग गरेको छ्न । त्यसैले खाडिमा गएको नेपालीहरु देश परिबर्तन गर्ने सक्ने परिवर्तकारि शक्ति हो । मर्भुमी लाई हराबरा पार्न सक्ने नेपाली परिश्रमी मेहनती हातले राज्यले आफ्नो देश मै रोजगारीको बाताबरण बनायो भने बिदेशी भुमिमा सिकेको सीप क्षमता लाई सहि सदुपयोग गर्दै देश लाई बिकास समृद्धि दिशातिर लैजान ठुलो भुमिका खेल्न सक्छन् ।


    सरकारले देशमै रोजगारी सृजना गर्ने बाताबरण निर्माण गर्नु पर्छ । राज्यले योजना बनाउनु पर्छ आफ्नो नागरिक लाई आफ्नो देश मै रोजगार प्रदान गर्ने बाताबरण सिर्जना गर्नु पर्द्छ । आफ्नो देशमा नै विभिन्न उत्पादनमूलक औधोगिक क्षेत्र कलकारखाना  सबै प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र बनजङल काठ बाट बन्ने विभिन्न फनिचरको अत्याधुनिक सामान बनाउने बहुराष्ट्रिय कम्पनी खोलेर आफ्नो देशमा उत्पादन भएको बस्तहरु लाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न उदेश्य सहित कार्य योजना बनाउनु सक्यो भने धेरै  नेपाललिले  रोजगार पाउने छ्न  ।


    नेपाल सरकारले बिदेशी बाट नेपालमा आएको नेपालीहरु लाई शो देशमै विभिन्न उत्पादन मुलक क्षेत्र पशुपालन कृषि क्षेत्रमा उद्योग कलकारखाना क्षेत्रमा लगानी गर्न हौसला प्रदान गर्नु पर्छ त्यस्को लागि उचित विभिन्न सिपमुलुक तालीम सरकारको तर्फबाट निशुल्क पर्दान गर्नु पर्छ । ।सरकारले आफ्नो देशमै केही गर्छु भन्ने युवायुवतिहरु लाई बिदेश पलायन हुन बाट रोक्नुको लागि दक्षता सीप कार्यक्षमता अनुसार रोजगार दिनु पर्छ । आफ्नो ब्यवसाय कलकारखाना उद्योग होटेल पर्यटन उत्पादनमूलक कुनै पनि क्षेत्रमा लगानी गरेर केहि गर्छु भन्नेहरुको लागि न्यून सहुलियत दरमा बैक बित्तिय सस्था बाट सजिलोसँग लोन प्रदान गर्ने बाताबरण बनाउनु पर्छ । सरकारले नै योजना बनाएर दक्ष जनशक्ति लाई आफ्नो देशमा नै दुख पसिना गरेर आर्थिक उपार्जन गर्ने काममा लगायो भने नागरिकको आर्थिक अवस्था बलियो हुँदै जान्छ भने देशमा बेरोजगारीको संख्या कम हुँदै जान्छ । गरिब सङ्ख्या कम हुदै जाने छ ।

    विभिन्न पेशा ब्यवसायमा खेतीपाती किसान उत्पादनमूलक  औधोगिक क्षेत्रमा नेपालीहरुले आफ्नो देशमा चाहिने दैनिकी उपभोग गर्ने  सामानहरु आफै उत्पादन गर्न सफल भए भने बिदेश बाट हामिले उत्पादन गर्न सक्ने बस्तु आयात गर्नु पर्दैन यसले देशको ठुलो मुद्रा  बिदेशमा जान पाउदैन । नेपालमा उत्पादन भएको सामान नेपालमा  खपत भएर धेरै भएको उत्पादन सामानहरु बिस्वको विभिन्न  देशहरुमा  निर्यात गर्न बाताबरण भयो  भने ठुलो मात्रामा बिदेशी मुद्रा  देशमा भित्रिने छ यस्ले देशको अर्थतन्त्र लाई बलियो बनाउन ठुलो टेवा मिल्ने छ । नेपालको प्रती ब्याक्ती आय वृद्धि भै देशको नागरिकहरुको जिबन ईस्थर आर्थिक हैसियत बलियो बन्दै जाने छ । हाम्रो शुन्दर देश नेपाल  युगान्तकारी बिकास समृद्धिको  दिशा तर्फ लम्कने छ |
    अब बिदेशमा श्रम बेच्न नेपाली युवाहरु लाई पेलेनमा भरेर बिदेशी भुमिमा श्रम बेच्ने  पठाउने तिर लाग्ने होइन   कृषिप्रधान देश बाट विभिन्न खाध्यान्न  फलफूल तरकारी जडिबुटी औषधि हिमालको प्राकृति मिनिरल पानी नेपालको धन हरियो बन जङ्गल बाट बनेको विभिन्न फनिचरको सामानहरु  कार्गो पेलेन भरेर पठाउने बाताबरण निर्माण गर्नु  राज्यले सक्यो भने हाम्रो देश आर्थिक बिकास समृद्धि तर्फ जाने  छ ।


    लेखक रबिन पुन ( अन्जान )
    प्रदेशी युवा

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology