Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • १७:३५:४६ बजे
  • 1.6K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु भएको सबैभन्दा धेरै मृत्यु हो । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको छ ।

    images

    देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology