Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारीः नेपालमा फैलियो, छिमेकमा घटे

कोरोना महामारीः नेपालमा फैलियो, छिमेकमा घटे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७७ बिहिवार • ०९:५८:०७ बजे
  • 1.5K
    SHARES
  • कोरोना महामारीः नेपालमा फैलियो, छिमेकमा घटे

    सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन् ।

    पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन् । त्यसपछि  क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ । नेपालमा निको हुने दर  ७९.३ प्रतिशत छ । भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ  । ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन् ।

    ‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो । सरकार र नागरिक दुवै तहबाट हेलचेक्र्याइँ भयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो । अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरूले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन् ।’ डा. मरासिनीले काठमाण्डु उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए । लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ । अन्नपूर्ण पोस्टबाट

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology