Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकर्मा परिवारद्धारा परियार थरकी बुहारीलाई सानो जात भन्दै सँगै काजकिरिया गर्न रोक

विश्वकर्मा परिवारद्धारा परियार थरकी बुहारीलाई सानो जात भन्दै सँगै काजकिरिया गर्न रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७७ बिहिवार • १४:१७:१२ बजे
  • 2.2K
    SHARES
  • विश्वकर्मा परिवारद्धारा परियार थरकी बुहारीलाई सानो जात भन्दै सँगै काजकिरिया गर्न रोक

    मोरङको उर्लाबारीमा दलित समुदायभित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई सगोलमा काजकिरिया गर्नबाट रोक लगाएका छन् ।

    images

    दश वर्षअघि विश्वकर्मा थरका पुरुषसँग विवाह गरेकी उर्लाबारी नगरपालिका– २ सुनझोडा माइती भएकी ३० वर्षीया कोपिला बर्देवा (परियार) श्रीमानको परिवारले सगोलमा स्वीकार नगरेपछि अलग्गै घरमा बसेर ससुराको काजकिरिया बरिरहेकी छिन् । 

    उर्लाबारी नगरपालिका– ४ आइतबारेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रीय सदस्य ७० वर्षीय भीमराज गहतराजको १३ कात्तिकमा मृत्यु भएको थियो । गहतराजको मृत्युपछि उनका चार भाइ छोरा, बुहारीहरू र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन् । तर, कान्छो छोरा दिवस गहतराज (३६) की कान्छी श्रीमती कोपिला बर्देवा (३०) लाई चाहिँ उनीहरूले सानो जातको भन्दै अभद्र व्यवहार गर्दै घरभित्र छिर्न दिएनन् ।

    सगोलमा ससुराको काजकिरिया गर्न मूलघर पुगेकी कान्छी बुहारी कोपिलालाई परिवारले अभद्र व्यवहार गरेपछि उनी बक्राहा खोला किनारको अलग्गै घरमा एक्लै बसेर ससुराको काजकिरियामा बरिरहेकी छिन् ।

    कोपिलाका अनुसार ससुरा भीमराजले बुहारी स्वीकार गर्दै बक्राहा खोला किनारको घर बस्नका लागि वर्षौँअघि नै दिएका थिए । तर, राजनीतिक सक्रियता र समाजसेवाका लागि उनी उर्लाबारी नपा २ सुनझोडास्थित माइतमै बस्दै आएकी थिइन् । श्रीमान् दिवसले आफनो बिहे भएको छैन भन्दै कोपिलासँग दोस्रो बिहे गरेका थिए ।

    ससुराको असामयिक निधन भएपछि कोपिला श्रीमानसँगै सगोलमा काजकिरिया गर्न आइतबारेस्थित मूलघर पुगेकी थिइन् । तर, जेठाजु, सासू र जेठानीले अभद्र व्यवहार गर्दै ‘तँ को होस् हामी तँलाई चिन्दैनौँ’ भन्दै गालीगलौज र हातपात गर्दै सगोलको काजकिरियाबाट वञ्चित गराएको कोपिलाले बताइन् ।

    स्नातक तहसम्म अध्ययन गरेकी कोपिला नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघ उर्लाबारी नगर कोषाध्यक्ष हुन् । उनलाई सगोलमा काजकिरिया गर्नबाट वञ्चित गर्ने जेठाजु दिनेश गहतराज दलित संघ उर्लाबारीका नगर अध्यक्ष हुन् ।

    जातीय छुवाछुत कसुर सजाय ऐन, २०६८ अनुसार कसैले पनि जात, वर्ण, पेसाका आधारमा कसैलाई पनि विभेद गर्न पाइँदैन । सार्वजनिक र निजी क्षेत्रमा मात्र नभएर सामाजिक र सांस्कृतिक कार्यमा जातीय विभेद र छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना अनि पीडितलाई बिगोअनुसारको क्षतिपूर्तिको व्यवस्था छ ।
    नयाँ पत्रिकामा खबर छ ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology