Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सितल पुनको शब्द रचना र स्वरुप राज आचार्यको स्वर रहेको "किन किन" को म्युजिक भिडियो सार्वजनिक

सितल पुनको शब्द रचना र स्वरुप राज आचार्यको स्वर रहेको "किन किन" को म्युजिक भिडियो सार्वजनिक

बादल शाही

बादल शाही

कार्तिक २२, २०७७ शनिवार • ०९:२३:१५ बजे
  • 3.9K
    SHARES
  • सितल पुनको शब्द रचना र स्वरुप राज आचार्यको स्वर रहेको "किन किन" को म्युजिक भिडियो सार्वजनिक
    शितल पुनको शब्द रचना तथा स्वरुप राज आचार्यको स्वर रहेको नयाँ आधुनिक गीत " किन किन" को म्युजिक भिडियो सार्वजनिक भएको छ । "किन किन" बोलको गीत सामाजिक सन्जाल युट्युव मार्फत सार्वजनिक भएको हो । बिहिवार सार्वजनिक गरिएको उक्त गीतलाई हजारौं दर्शकहरुले नियालिसकेका छन् ।सितल पुनको शब्द रचना रहेको "किन किन" लाई संगीत सँगितकार जितु पुन र एल.बि. पुनले दिएका छन् । ख्यातिप्राप्त गायक स्वरुपराज आचार्यले आफ्नो मिठो स्वर दिनु भएको यो गीतलाई हेरेर सल्लाह सुझावको आसा पुनले गर्नु भएको छ ।                                                          received_353638212372339.jpeg
    गितको भिडियोलाई श्याम भट्टराईले निर्देशन गर्नुभएको छ भने सुरेश दर्पण पोखरेल ले छायाँकन गर्नु भएको हो । साथै भिडियोमा अप्सरा कटुवाल, ललित तिलीजा र राम कार्कीले अभिनय गर्नु भएको छ भने Nepalese Diaspora का सम्पादक सतिश चापागाई र NICE Music Video का सञ्चालक चिमखोले ठिटोलाई पाहुना कलाकारको रुपमा देख्न सक्नु हुने छ । यस अघि पनि शितल पुनको सब्दमा "चिमखोला मेरो" बोलको गीत आइसकेको छ जुन गीत अत्यन्तै लोकप्रिय रहेको सर्वबिदितै छ । पारिवारिक साथ सपोर्ट रहेकै कारण नयाँ नयाँ कोसेलीहरु दर्शकमाझ दिईरहने शितलले बताउनु हुन्छ ।
    आफ्नो श्रीमान पनि कलाकारिता र लेखनको शौखिन भएकोले आफुलाई सहजता मिलेको बताउनु हुन्छ । शितलको श्रीमान निलम गर्बुजा (चिमखोले ठिटो) ले पनि दर्शकमाझ नयाँ नयाँ कोसेलीहरु दिईरहनु भएको छ । केही समय अघि "जिन्दगीमा सधैं भरी" बोलको गीत ठिटोको शब्द रचनामा सार्वजनिक भएको थियो । श्रीमान श्रीमतीको सहकार्यमा दर्जनौं गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेको उहाँहरुले जानकारी दिनु भयो ।
    नेपालमा विभिन्न सामाजिक कामहरुमा सहभागी हुनुको साथै साँगितिक क्षेत्रमा आफ्ना कोसेलीहरु दिईरहने ठिटो र सितलको यो जोडीको पारिवारिक बसाई संयुक्त राज्य अमेरिकामा रहेको छ । उहाँहरुको साँगितिक यात्रा र सामाजिक सेवाको काम अझै मौलाउदै जाओस् हाम्रो पनि उहाँहरुलाई शुभकामना !

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology