पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसै गरी सोही अवधिमा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ। डिस्चार्ज भने हिजोको तुलनामा आज कम भएका छन् । हिजो ४५ सय जना डिस्चार्ज भएका थिए ।
यस्तै कोरोनाले आज १७ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ।हाल सम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।