Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत

नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • ०८:२०:४६ बजे
  • 1.0K
    SHARES
  • नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत

    नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

    images

    वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् ।

    ३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् । ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ ।

    झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology