कार्तिक २३, २०७७ आइतवार
•
११:२३:४४ बजे
"अभियान" र "अभियन्ता" हरुको बारेमा मिश्रित प्रतिक्रिया देखियो; शायद जनता अब "आजित" पो भै सके कि ?
भाषण र उपदेशले वाक्क दिक्क पो भै सके कि ?
एकछिनमा आक्षेप र एकछिनमा स्पष्टिकरण ले "कन्फ्युज" पो भै सके कि ?
सम्पूर्ण अभियान, अभियन्ता, नागरिक समाज, बौद्धिक बर्ग, राष्ट्रवादी संघ-संगठन र सरोकारवालाहरु लाई हार्दिक अपिलका साथ अनुरोध गर्दछु !
नागरिकको बिभाजन कैले सम्म ?
देशमा सम्भावनाहरु प्रचुर छन्
१. हाइड्रो मात्रै बनाइउन सुरु गरौं,
२. भ्रस्ट कर्मचारी निकालौं,
३. राजनीति गर्ने शिक्षक निकालौं,
४. बाटो घाटो बनाउन सुरु गरौं,
५.कलकारखाना बनाउन सुरु गरौं अनी यतीले न पुगे IT का विद्यार्थी लगायत लाखौंं ले रोजगारी पाउने अवसरको सिर्जना गरौं !!
अनी बाँझो खेतमा धान रोपौं, बाली लगाउँ, उब्जनी बढाउँ, रोजगार र अवसर खोज्न बिदेश जानु पर्ला र ?
यस्ता साना-साना कुरा टन्नै छन नेपालमा! पर्यटन व्यवसाय लाई अझ गतिलो हिसाबले अगाडि बढाउँ!
शिक्षक युनियन, कर्मचारी युनियन, मजदूर युनियन सबै खारेज गरौ!
देश बन्न कती पनि समय लाग्दैन ! तर कस्ले गर्ने?
भ्रस्टचारको बिरोध गरेर मात्रै हुँदैन, अहिले सम्म ५० खर्ब को त हिसाब आईसक्यो, त्यो ल्याउने ल्याकत छकि भोली आफुलाई पनि २/४ खर्बको "बाटो" तयार पार्दै गरेको हो ?
सजाय दिन सक्ने ल्याकत छ ?
के भ्रस्टचार बिरोधीहरु आँफै "चोखो" छन ?
सोच्नु पर्ने बेला आएको छ! त्यसैले कसैलाई पनि हिरो र जिरो बनाउनु भन्दा पहिला सोचेर अगाडि बढौं !!
जनताले खोजेको, नागरिकले खोजेको, हामीले खोजेको आमुल परिवर्तन हो, परीणाम हो! यस्कालागी देशभरीबाट नागरिक उठ्न पनि तयार छौ तर के-का लागि ?
कैले सम्म ?
किन ?
कस्ले व्यवस्थापन गर्ने ?
र महत्वपूर्ण कुरो भनेको "लक्ष" के हो ?
के का लागि हामीले आन्दोलन गर्ने ?
र भोली कस्तो "system" ल्याउन आन्दोलन गर्ने ?
खवरदारी हैन क्रान्ति चाहिएको छ! उपदेश हैन परीणाम चहिएको छ!
हामीलाई मौलिक क्रान्ति र मौलिक व्यवस्था चाहिएको छ नकि हिजो कै सडेका अनुहार र सडेको राजनैतीक संस्कृती!
आमनागरिकको सानो आशा र सोच सानो छ बस! राज्यद्वारा हामीलाई गुणस्तरीय शिक्षा दियोस,
१. सुलभ स्वास्थ दियोस,
२. हिंड्न बाटो दियोस,
३. खानलाई रोजगार मात्रै हैन अवसर दियोस,
४. बाल्न लाई बत्ती र महंगी नियत्रण गरिदियोस!
नागरिकले खोजेको यत्ती हो !!
हामीले आशा गरेका "थोरै" छन नेपालमा जस्ले "नेतृत्व" दिन सक्छन कि, देश हाम्रो हिसाबले चलाइदिन सक्छन कि भन्नेहरु; तर उनिहरु नै किन एक ठाउँमा आउन सक्दैनन ?
के ले रोकेको छ ?
किन रोकेको छ ? एउटा जनता, एउटा नागरिक, एउटा ब्यक्ती क-कस्को पछी लाग्ने ?
यदी नियत एउटै हो भने किन आउन सक्दैनन संयुक्त हिसाबले नेतृत्व दिन या लिन ?
एउटै टेबलमा बसेर निर्क्यौल गर्न किन सक्दैनन ?
आज को यक्ष प्रश्न नै यही छ तर जवाफ कसैसंग छैन र लेखेर राख्नु जुन दिन हामी जवाफ दिनेछौ, त्यो दिन नक्कली अभियान र अभियन्ताहरुको मुख बन्द हुनेछ !!
रात रह्यो अग्राख पलायो भने झै, कोइ कतै बाट प्रायोजित भन्ने सुनिन्छ,
कोइ कताबाट पैसा खाएर हाम्रो भावना माथि खेलवाड गर्दै छ भन्ने पनि सुनिन्छ ! यो त युरोप बाट संचालित छ रे, त्यो अमेरिका बाट, यो भारत बाट रे, हैन त्यो त चाइना बाट रे ! यो एमाले को हनुमान हो रे, त्यो काङ्रेस को पिट्ठु्!
हैन.. हैन त्यसले त प्रचण्ड संग तलब बुझ्छ रे, अर्कोले ओली संग र समग्रमा हेर्दा हामी जस्ता "अर्ध चेतन" या "लेम्यान" नागरिकले "बा होकी" भन्न थालेका छौं, यथार्थ बुझ्न जरुरी छ !!
कोइ राजावादी, कोइ गणतन्त्रवादी, कोइ के कोइ के किन ?
किन कसैलाई काखा कसैलाई पाखा गरिन्छ ?
किन हरेक कार्यक्रम पछी बिभिन्न मतभेद हुन्छ ?
किनकी सबैलाई पोलेको छ, दुखेको छ र यस्को एउटै कारण त्यो हो नागरिकले खोजेको "परीणाममुखी" आन्दोलन! हामीलाई फेरी अर्को राजनीति देख्नु छैन, फेरी अर्को नेता जन्माउनु छैन!
हामीलाई राजनीति हैन राज्यनिती चाहिएको छ !!
यदी हामी देशको लागि लड्दै छौ भने किन कित्ता-कित्तामा छौ ?
त्यसैले अब हामी "बिभाजित" हुने फेरी अर्को राजनिती नजन्मियोस !
यदी आमुल परिवर्तनको लागि "नागरिक अभियान" जो कसैको होस्, हो भने, अब "नेतृत्व" लिन्छु भन्नेहरु अगाडि आउनु पर्यो !
मोही पनि माग्ने ढुंग्रो पनि लुकाउने कैले सम्म ?
साथ र समर्थन हुँदा-हुँदै पनि "नैराश्यता" न आओस। किनकी अब को बिकल्प भनेको "अभियान" नै हो !
आफ्नो ब्यक्तिगत स्वार्थको लागि समग्र नेपाल र नेपालीको भावना माथि खेलवाड नगरौं !
भोलीको सन्ततीले सराप्ने छ,
ईतिहासले दुत्कार्ने छ र हाम्रो धर्म, संस्कार, संस्कृती, मुल्य-मान्यता, भाषा, भेष, झण्डा, र भावना पनि सकिने छ होस् गरौ !!
उपदेश हैन, बिरोध हैन, सिधै वार कि पार को लडाईं लडौं !
राष्ट्र, राष्ट्रियता, धर्म र सुशासनको लागि हाम्रो साथ हामीलाई भनौ !
यदी दिन सकिदैन भने, नागरिकलाई बिभाजन नगरियोस !!
मैले ब्यक्तिगत रुपमा सबै अभियान र अभियन्ताहरुलाई बारम्बार यो आग्रह गर्दछु ....
These are my personal thoughts; Think about the Nation first, please..... !!
रामचन्द्र तिम्सिना