Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइपिएल क्रिकेटमा आज सन्दीप खेल्ने सम्भावना धेरै

आइपिएल क्रिकेटमा आज सन्दीप खेल्ने सम्भावना धेरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • १६:२९:३१ बजे
  • 2.0K
    SHARES
  • आइपिएल क्रिकेटमा आज सन्दीप खेल्ने सम्भावना धेरै

    इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो क्वालिफयरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे अबुधावीस्थित शेख जायद रंगशालामा सुरु हुनेछ ।

    images

    मुम्बइ इण्डियन्ससँग पराजित भएर दिल्लीले दोस्रो क्वालिफायर खेल्न लागेको हो भने हैदरावादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेर क्वालिफायरमा स्थान बनाएको हो । आजको बिजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोली उपाधि होडबाट बाहिरिनेछ । फाइनल मंगलबार हुनेछ ।

    सन्दीप लामिछानेको खेल्न सम्भावना कति ?

    सन्दीप आवद्ध दिल्लीका पछिल्ला खेल हेर्दा व्याटिङ र बलिङमा राम्रो हुन सकेको छैन । पछिल्ला दुई खेलमा तीन विदेशी तीव्र गतिका बलर खेलाउँदा प्रमुख ब्याट्सम्यान सिम्रन हेटमायरलाई बेञ्चमा राखिएको छ । हेटमायरको ठाउँमा खेलेका डानियल साम्सको ठाउँमा आज सिम्रन हेटमायर वा सन्दीप लामिछानेलाई खेलाउने सम्भावना छ ।

    भारतीय मिडियाले अन्तिम ११ मा सन्दीपको नाम समावेश गरेका

    भारतीय क्रिकेट विश्लेषकहरुले पहिलो प्लानमा हेटमायर नै खेलाउन सक्ने र पिचको अवस्था हेर्दा सन्दीपले स्थाान पाउन सक्ने अनुमान गरेका छन् । चर्चित वेभसाइट क्रिकइन्फोले पनि प्लान बि अन्तरगत लामिछानेले आज यो सिजनको पहिलो खेल खेल्न सक्ने जनाएको छ ।

    चार विदेशी खेलाडीमा कगिसो रबाडा, एनरिच नोर्किया र मार्कस् स्टोइनिसलाई अनिवार्य समावेश गर्नेछ । पृथ्वी शाँले राम्रो प्रदर्शन गर्न नसकेकाले ओपनिङका लागि स्टोइनिसलाई खेलाउन सक्ने अनुमान गरिएको छ ।

    क्रिकइन्फोले प्रस्तुत गरेको सन्दीप खेल्न सक्ने सम्भावनाको आधार

    तर, पछिल्ला खेल हेर्दा दिल्लीको ब्याटिङ कमजोर छ । त्यसलै ठूलो सर्टका लागि पनि हेटमायरले अन्तिम ११ मा स्थान पक्का गर्ने सम्भावना छ । बलिङ बलियो बनाउनका लागि नेपाली लेगस्पिनर सन्दीप राम्रो विकल्प हुन् । दिल्लीले अफस्पिनरद्वय अक्षर पटेल र रविचन्द्रन आश्विनलाई खेलाउँदै आएको छ । यी दुईले आज पनि निरन्तरता पाउने छन् ।

    दिल्लीलाई लेगस्पिनरको अभाव भएको, पिच स्लो भएको र अन्य खेलाडीमा भर पर्न नसकिएका कारण दिल्लीको आजको खेलमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology