Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्तिको तयारी

कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्तिको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • १६:४७:२० बजे
  • 1.6K
    SHARES
  • कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्तिको तयारी

    कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि हितेन्द्रदेव शाक्यलाई ल्याउने सरकारले तयारी गरेको छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता लाइएको छ ।

    images

    शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी दिर्नेशक बन्नुपर्नेमा अझै हुन नसकेको बताएका छन् । कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो । अब निमित्तको जिम्मेवारी पनि शाक्यले पाउने प्राधिकरण स्रोतले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology